काठमाडाैं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनाको कोरोना परीक्षण गरिएकोमा ८७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २३३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । कोरोनामुक्त हुनेको कुल संख्या २ लाख ७० हजार ६०५ पुगेको छ।
मन्त्रालयका अनुसार हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ७६६ रहेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ