सुर्खेत । कर्णाली प्रदेश सरकारले संसद बैठकको आह्वान गरेको छ । कर्णाली प्रदेशसभा संसद बैठकको आह्वान बैशाख ३ गते बोलाउने निर्णय गरेको हो ।
चैत्र २९ गते बसेको मन्त्रीपरिषद्को बैठकले बैठक ३ गते संसद आह्वान गरेको गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेश सरकारले बैशाख ३ गते दिउँसो २ बजे बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवत्ता विमला केसीले जानकारी दिइन् ।
मन्त्री परिषद्को निर्णय अनुसार प्रदेश प्रमुखले नेपालको संबिधान १८३ को उपधारा(१) बमोजिम कणाली प्रदेशसभाको सातौ (हिउँदे) अधिवेशन बैशाख ३ गते शुक्रबार दिउँसो २ बजे प्रदेश प्रमुख गोविन्द्प्रसाद कौलोनीले आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए ।
त्यस्तै, मन्त्री परिषद् बैठकले कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडाको संख्या बढाउने र सिमाना हेरफेर गर्ने निर्णयसमेत गरेको छ ।
कर्णाली खेलकुद परिषद्को सदस्यमा जाजरकोट नलगाड नगरपालिका–५ का इन्द्रबहादुर शर्मालाई मनोयन गर्ने निर्णय भएको प्रवत्ता केसीले बताइन् ।
कर्णाली प्रदेश सरकारले लोपोन्मुख तथा सिमान्तकृत समुदायको लागि जीविकोपार्ज र आयआर्जन कार्यक्रम संचालन कार्यबिधि स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।