हुम्ला । कर्णाली प्रदेशकाे उच्च हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि निषेध आदेशकाे समयावधि थप बढाइएको छ।
जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको समय आगामी जेठ ४ गतेसम्मका लागि बढाएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।
यस्तै हवाई माध्यमबाट बाँके र सुर्खेतबाट ल्याइएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री सम्बन्धित निकाय र व्यक्तिले ७२ घण्टापछि मात्रै बुझ्न पाउने भएको छ।
पहिलो चरणकाे निषेध आदेशमा सिमकोट विमानस्थलमै थुपारेर राखिएका सामग्री स्वास्थ्य मापदण्डअनुसार मात्रै लिन पाइने निर्णय प्रशासनले गरेको हो।