सुर्खेत । उपत्यकाकाे उत्तरपुर्वमा पर्ने वीरेन्द्रनगर–१३ स्थित जर्बुटा डाँडाे अहिले निकै नै चर्चा चुलिएकाे छ । प्राकृतिक भ्युटावर भन्दा फरक नपर्ने जर्बुटाबाट सुर्खेत उत्यकाकाे दृश्य सहजै नियाल्न सकिन्छ।
वीरेन्द्रनगरबाट करिब एक घण्टाको बाटोमा रहेको जर्बुटाबाट वीरेन्द्रनगरको सुन्दर मुहार आँखै अगाडि टलक्क टल्केको देख्न सकिन्छ। जर्बुटामा आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।ठाडै उकालाे बाटााेकाे कष्टप्रदक यात्रामा यात्रारत पर्यटक जर्बुटा पुग्दा सबै दुख कष्ट बिर्सन्छन् ।