Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
मुख्य समाचार

प्रचण्ड-माधव समूह भन्छ : ओलीको ‘सर्वसत्तावाद’ अन्त्य हुन्छ

By आयो रैबार संवाददाता१६ मंसिर २०७७, मंगलवार ०८:१५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेझैँ २६ भदाैको सहमतिमा फर्कन नसकिने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधव समूहका नेताहरूले बताएका छन् । पटक-पटककाे अवसरका बाबजुद पनि ओली नसच्चिएकाले अब २६ भदाैको सहमतिमा कुनै पनि हालतमा फर्कन नसकिने उनीहरूको मत छ । त्यस गठबन्धनमा आवद्ध नेताहरूले २६ भदाैको भन्दा माथि उठेर नयाँ रूपले पार्टी अघि बढ्ने बताएका छन् ।

नेकपाभित्र अध्यक्षद्वय ओली र  प्रचण्डबीच शक्तिको टकराव व्यवस्थापनका लागि २६ भदाैमा स्थायी कमिटी बैठकले दुवै अध्यक्षको प्रतिवेदन पास गरेको थियो । जसमा ओलीले प्रतिनिधिसभाको बाँकी कार्यकालभर सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा काम गर्ने सहमति भएको थियो । यस्तै, पार्टीको मार्गनिर्देशनअनुसार सरकार सञ्चालन  हुने सहमति त्यस दिन भएको थियो ।  सहमतिको उल्लंघन गर्दै ओलीले राजनीतिक नियुक्तिमा सामान्य परामर्शसमेत नगरी एकलौटी ढंगले अघि बढेकाे भन्दै चर्किएकाे नेकपाको विवाद अझै पनि जारी छ ।

विवाद जारी रहँदा प्रचण्ड-माधव गठबन्धन ओलीलाई ‘स्टेप डाउन’ गराउने रणनीतिमा लागेको चर्चा छ । त्यस खेमाका नेताहरूले भने त्यही भाषा प्रयोग नगरे पनि आशय  भने उस्तै प्रकृतिको प्रकट गरेका छन् । पार्टीलाई नयाँ ढंगले अघि बढाउन कोसेढुंगा बनेको २६ भदाैको सहमतिलाई अध्यक्ष ओलीले अस्वीकार गर्दै स्वेच्छाचारी रूपमा अघि बढेको र आफूलाई सुधार्ने संकेत कहीँ कतै नदेखिएकाले ओलीको सर्वसत्तावादी र स्वेच्छाचारी शैलीको अन्त्य गर्ने ढंगले पार्टी अघि बढ्ने उनीहरूको मत छ ।

प्रचण्ड पक्षधरका नेता हरिबोल गजुरेलले सचिवालय बैठकमार्फत फेरि २६ भदाैको निर्णयमा फर्किन गरिएको आग्रहको अब कुनै तुक नभएको बताएका छन् । पार्टीमा अब नयाँ ढंगको सहमति हुने गजुरेलको भनाइ छ । ‘पार्टी अब २६ भदाैको स्थितिमा फर्कने अवस्था रहेन । भएको सहमतिलाई उल्लंघन गर्दै अघि बढ्ने अनि सचिवालय बैठकमार्फत त्यही अवस्थामा फर्किऔँ भन्ने कुरामा अब कुनै तुक छैन । २६ भदाैभन्दा माथि उठेर पार्टी अघि बढ्छ,’ उनले भने ।

प्रचण्ड र माधव गठबन्धन ओलीलाई एक पदबाट हटाउने पक्षमै रहेको गजुरेलले बताएका छन् । ‘अहिले पार्टीभित्र चलिरहेको लफडा भनेकै एक पक्षले हटाउँछु भन्ने र अर्कोले हटाएर देखा भनेर चुनौती दिने नै हो । प्रचण्ड र माधवले ओलीलाई हटाउनै खोज्नुभएको कुरा त सर्वविदित नै छ नि,’ उनले भने ।

यस्तै, माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पनि २६ भदाैको स्थितिमा पार्टी नफर्किने बताएका छन् । विवादित विषय महाधिवेशनबाट छिनोफानो लगाउने मानसिकतामा पार्टी पंक्ति पुगेको अवस्थामा ओलीले परिस्थिति बिगारेकाले उनको स्वेच्छाचारिता र सर्वसत्तावाद अन्त्य गर्ने किसिमको परिस्थिति निर्माण हुने ज्ञवालीले बताए ।

‘पार्टीको विवाद साम्य पारेको त्यस सहमतिलाई ओलीले लत्याइसक्नुभएकाले अब फेरि त्यही परिस्थितिमा फर्कनका लागि सम्भव छैन । उहाँमा सुधारका संकेत समेत नपाइएकाले अब उहाँको सर्वसत्तावाद अन्त्यको सर्तमा पार्टीभित्र नयाँ सहमति निर्माण हुन्छ, त्यो सहमति २६ भदाैभन्दा धेरै माथि उठेर हुनेछ,’ ज्ञवालीले भने ।

सरकारदेखि पार्टीलाई एकलौटी ढंगले अघि बढाएको, पार्टी र कमिटीलाई ओलीले पंगु बनाएकाले उनको सर्वसत्तावादी चरित्र अन्त्यको विकल्प नै नभएको ज्ञवालीको भनाइ छ । ‘हामीले उहाँलाई पार्टी अध्यक्षका साथै प्रधानमन्त्री पनि बनायौँ । उहाँले आफ्नो पदको सदुपयोगभन्दा दुरुपयोग बढी गर्नुभयो । पार्टी कमिटीलाई हलचल गर्न नदिने, सरकारलाई विवादित बनाउने काम उहाँबाट भयो । अब यसको अन्त्य गर्नेबाहेकको विकल्प नेकपामा छैन,’ उनले भने ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

नेकपा विवाद
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

६ असार २०८२, शुक्रबार ११:२३

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

६ असार २०८२, शुक्रबार ११:०४

नदी नै जीवन, नदी नै पीडा

६ असार २०८२, शुक्रबार ०८:३२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति