• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » बालुवाटार टु खुमलटारः बाक्लियाे ओलीको दौडधुप, प्रचण्डको उही अडान
ताजा समाचार

बालुवाटार टु खुमलटारः बाक्लियाे ओलीको दौडधुप, प्रचण्डको उही अडान

आयो रैबार डेस्कBy आयो रैबार डेस्क४ पुष २०७७, शनिबार ०९:३८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद बढ्दै गएपछि नेताहरू बीचको भेटवार्ता बाक्लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक विमतिले पार्टी एकता संकटको अवस्थामा पुगेपछि नेताहरूबीच आन्तरिक भेटवार्ताको लागि दौडधुप चलिरहेको छ। 

पार्टीभित्रको विवाद चलिरहेको बेलामा प्रधानमन्त्री ओली अध्यक्ष दाहाल भेट्ने खुमलटार पुगेका छन्। खुमलटारमा पार्टीभित्र देखिएको समस्या समाधानको विषयमा ओली प्रचण्डबीच छलफल भएको हो। 

‘प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो। तर, अध्यक्ष दाहालले स्थायी कमिटीको बैठकमा गइसकेको भएकाले फिर्ता गर्न अस्वीकार गर्नुभयो’ स्रोतले भन्यो। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको लिखित आरोप प्रत्यारोपको कारणले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। यहीबीच प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद बढिरहेको छ। तर, प्रधानमन्त्री ओलीले मंसिर १ गते बसेको स्थायी कमिटीको बैठकमा अध्यादेश फिर्ता ल्याउने सहमति जनाएपछि फिर्ता लिएका छैनन्। 

अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले शुक्रबार गरेको प्रदेशस्तरीय भेलाले प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालेर जाने निष्कर्ष निकालेको छ। शुक्रबारको भेलातगत्तै प्रधानमन्त्री ओलीलाई अध्यक्ष दाहालले भेटेर अध्यादेश तत्काल फिर्ता नभएको भन्दै प्रश्न उठाएका थिए। 

ओलीको दौडधुप!

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई भेटे लगत्तै गृहमन्त्री रामबहादुर थापा बादल निवास पुल्चोकमा पुगेर भेटवार्ता गरेका छन्। अध्यक्ष दाहालसँग खुमलटारको भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्री निवास पुल्चोकमा पुगेर गृहमन्त्री बादलसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल, कानुनमन्त्री शिवमाया तुम्वाहाङ्फे पनि सहभागी थिए। त्यसो त खुमलटारमा अध्यक्षद्धयको भेटवार्ताको क्रममा उपाध्यक्ष वामदेव गौतम पनि प्रवेश गरेका थिए। 

पार्टीभित्र देखिएको समस्या समाधानको क्रममा उपाध्यक्ष गौतम र गृहमन्त्री थापा निर्णय भूमिकामा रहन्छन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको विवादको क्रममा अध्यक्ष दाहालसँग वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ छन्। 

यता, प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल छन्। गृहमन्त्री थापा अझै दुवैतिर खुलेका छैनन्। अध्यक्ष दाहाल पक्षमा उभिएका उपाध्यक्ष गौतमले पनि पार्टीको गुट भेलामा नजाने घोषणा गरिसकेका छन्। ​

यसअघिको विवादको क्रममा उपाध्यक्ष गौतमको मध्यमार्गी भूमिकाले समस्या समाधान भएको थियो। उपाध्यक्ष गौतमले अध्यक्ष दाहाल खेममा रहिरहेको अवस्थामा प्रधानमन्त्री ओलीलाई फाइदा पुग्नेगरी ६ बुँदे प्रस्ताव ल्याएका थिए। 

अहिले पनि प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठकमा अबको प्रधानमन्त्रीका लागि उपाध्यक्ष गौतमको नाम अघि सारेका छन्। प्रधानमन्त्री ओलीले आफुविरुद्ध मोर्चाबन्दी भएपछि उपाध्यक्ष गौतमको नाम अगाडि ल्याएर विवाद अन्‍यत्र मोड्ने अस्त्र प्रयोग गर्दै आएका छन्। 

प्रचण्ड-नेपाल भेटवार्ता 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएलगत्तै खुमलटारमा वरिष्ठ नेता नेपालले प्रवेश गरे। उनले अध्यक्ष दाहालसँग प्रधानमन्त्री ओलीसँग भएको छलफलको विषयमा जानकारी लिएको स्रोतले बतायो। 

पार्टीभित्रको विवाद चकिँरहेको र प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिनका लागि आलटाल गरिरहेको अवस्थामा भोलिको स्थायी कमिटीको बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको बुझिएको छ। 

प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी दुवै प्रभावकारी रुपमा चल्न नसकेको भन्दै एक पदबाट बिदा गर्ने पक्षमा छन्। तर, प्रधानमन्त्री ओली दुवै पदबाट टसमस नहुने पक्षमा छन्। 

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

नेकपा विवाद
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

प्रधानमन्त्रीले भने : राष्ट्रपतिदेखि उपसभामुखसम्म सहमति गरौँ

३ माघ २०७९, मंगलवार १३:३१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति