• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » नक्कली शरणार्थी प्रकरणः खाणलाई चोख्याउन अदालतमा ३४ वकिलको बहस
अपराध

नक्कली शरणार्थी प्रकरणः खाणलाई चोख्याउन अदालतमा ३४ वकिलको बहस

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता३० जेष्ठ २०८०, मंगलवार १५:०३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणका पक्षमा आजदेखि काठमाडौं जिल्ला अदालतमा बहस सुरु भएको छ।

नक्कली शरणार्थी प्रकरणमा करोडौं रकमको थैलो बुझेको पक्राउ परेकाले पोल खोलेपछि खाणलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रतिवादी खाणलाई चोख्याउन ३४ वकिलले नाम टिपाएका छन्।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ। थप केही आरोपीका तर्फबाट थुनछेक बहस बाँकी रहेकाले त्यसपछि मात्रै थुनछेक आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले बताए। उनका अनुसार वकिलले समय लम्ब्याएमा अझै केही दिन बहस हुने देखिएको छ।

यसअघि १२ जनाका तर्फबाट थुनछेक बहस सकिएको छ। अझै पाँच जनाका तर्फबाट वकिलले बहस गर्न बाँकी छ। अब आरोपी टेकनाथ रिजाल, आङ्टावा शेर्पा, लक्ष्मी महर्जन, शमशेर मियाँ र हरिभक्त महर्जनको बहस बाँकी रहेको अदालतको सूचनामा भनिएको छ।

उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईलगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ।

यसअघि बहसको समय बाँडफाँटका हिसाबले बुधबारसम्मका लागि समय तोकिएको थियो। अदालतमा पूर्वमन्त्री खाणका पक्षमा धेरै वकिलले बहस गर्न नाम दिएकाले समय लम्बिन सक्ने बताइएको छ।

शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई दिएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा १० जेठमा अभियोगपत्र दर्ता गरेको थियो।

त्यसपछि आरोपीको बयान सकेर २१ जेठबाट थुनछेक बहस सुरु भएको हो। तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलको बहस भइरहेको छ।

नक्कली शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ। उनीहरुविरुद्ध किर्ते, ठगी, संगठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको छ। त्यसमाथि सार्वजनकि ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुन सक्छ। कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ। नक्कली शरणार्थी प्रकरणका १२ आरोपी अझै फरार छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको प्रमाणपछि प्रहरी हिरासतमा रहेका अभियुक्तको प्रतिरक्षामा गत २४ जेठदेखि उनीहरुका कानुन व्यवसायीले बहस गरिरहेका छन्। मुद्दाको थुनछेक प्रक्रियाअन्तर्गत सरकारी वकिल पक्षको बहस २३ जेठमा सकिएको थियो। यो प्रकरणमा हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो।

आइतबार सरकारी वकिलका तर्फबाट महेश खत्रीले बहस गरेका थिए। त्यसपछि सोमबार र मंगलबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेलेलगायतले बहस गरे। बुधबार सुरुमा प्रतावादीका निजी वकिलले बहस गरेका थिए। यसअघि न्यायाधीश न्यौपानेले वादीतर्फबाट ३ दिन र प्रतिवादीका तर्फबाट बहसका लागि ६ दिनको समय छुट्याएका थिए।

अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरे तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठाए फैसला नभएसम्म कारागारबास जानुपर्नेछ। जिल्ला अदालतले थुनामा पठाउने आदेश दिए ठकी प्रकरणका ठगहरु त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान पाउनेछन्।

माथिल्लो अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउन वा सदर गर्न सक्नेछ। नक्कली शरणार्थी प्रकरणको छानबिन गरिरहेको प्रहरीले २७ करोड बिगो दाबी र ३३ जनालाई मुद्दा चलाउन सरकारी वकिललाई सिफारिससहितको प्रतिवेदन बुझाएको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका व्यक्तिमा दुई पूर्वमन्त्री र एक बहालवाला सचिवसहितका गिरोहमा संलग्न व्यक्ति छन्।

उनीहरूविरुद्ध ११३ जनाले २२ वटा उजुरी दिएको प्रहरी प्रतिवेदनले भनेको छ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ।

संगठित अपराध निवारण ऐनअनुसार त्यस्ता कसुरको आरोप लागेका व्यक्तिलाई अदालतको अनुमतिमा पटकपटक गरेर ६० दिनसम्म हिरासतमा राख्न पाइन्छ। हालसम्म राजनीतिक नेक्सस प्रयोग गरी नक्कली शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको प्रहरीले प्रतिवेदनमा औंल्याएको छ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

नक्कली भुटानी शरणार्थी प्रकरण
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

सैनिक श्रीमतीसङ्घद्वारा भूकम्पप्रभावितलाई सहयोग

१४ मंसिर २०८०, बिहीबार १७:१५

अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

१४ मंसिर २०८०, बिहीबार १७:१२

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

१४ मंसिर २०८०, बिहीबार १७:०९

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति