काठमाडौं। सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा परेको छ। मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा राखिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए। आज रिटमाथि बहस हुने मिति तोकिएपछि माइतीघरमा आन्दोलनरत नागरिकता पीडितससमेत इजलास पुगेका थिए।
यसअघि सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो।
यस्तै, १२ जेठमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारले गरेको निर्णय पनि झिकाउन आदेश दिएको थियो।