सुर्खेत । ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले वीरेन्द्रनगरस्थित सब्जी मण्डीमा तालावन्दी गरेका छन् । वीरेन्द्रनगर–६ बुलबुले हाटबजारमा तरकारी पसल गर्दै आएका बाबु एण्ड सब्जी मण्डीको गाडीले दुल्लु नगरपालिका–११ का गणेशबहादुर थापालाई मुलपानी चोकमा ठक्कर दिएको हो ।
यहीँ जेठ ११ गते कर्णाली प्रदेश ०२ ००१ क ०४४१ नम्बरको ट्रकको ठक्करबाट घाइते थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको थियो । तर ४० वर्षीय थापाको आज विहान मृत्यु भएपछि आफन्तले बाबु एण्ड सब्जी मण्डीमा तालावन्दी गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उचित क्षतीपूर्ती र राहत पाउनु पर्ने माग राख्दै गाडी धनीको पसलमा तालावन्दी गरेको आफन्तको भनाई छ । प्रहरीले दुवै पक्षलाई छलफलमा राखेर वार्ता गराउने प्रयास गरिरहेको छ