सुर्खेत । अन्तर जिल्ला सुरक्षा समन्वयकाे बैठकका सहभागी हुन सुर्खेत आएका कैलालीका प्रमुख जिल्ला चढेको गाडी दुर्घटनामा परेको छ । रत्न राजमार्गको छिन्चु–बबई सडक खण्डको हर्रे नजिकै कैलालीका प्रमुख जिल्ला अधिकारी युवाराज कटेल सवार गाडी र फोर्स गाडी ठोक्कीएका हुन् । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको भे १ ख २४०८ नम्बरको फोर्स गाडी र प्रमुख जिल्ला अधिकारी चढेको से १ झ २६० नम्बरको स्कारपियो गाडी ठोक्कीएका हुन् ।
दुर्घटनामा मानविय क्षती नभएको तर गाडीहरुमा क्षती पुुगेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । फोर्स गाडीमा सवार एक जना समान्य घाइते रहेको कार्यालयले जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी कटेलसँगै सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी पनि गाडीमा सवार थिए ।
अधिकारीसहितको टोली र फार्स गाडीमा सवार अन्य यात्रुलाई अर्को गाडीमा चढाएर गन्तव्यतर्फ पठाइएको प्रहरीको भनाई छ । कैलालीका प्रमुख जिल्ला अधिकारीसहितकाे टाेली अन्तर जिल्ला सुरक्षा समन्वयकाे बैठकका सहभागी हुन सुर्खेत पुगेर फर्किदै गर्दा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ