सुर्खेत।सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्गला नजिक भएकाे दुर्घटनामा मृतककाे संख्या चार पुगेकाे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार सडकबाट करीब ३ सय मिटर तल जिप खसेको थियो । जिपमा सवार ६ जना मध्य चार जनाको शव उद्धार गरेर सडकमा ल्याइएको र घाईते हुने दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन गरिएको छ ।