काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलको पदीय जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रदान गरिएको छ ।
राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा गएका छन् ।
नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्नेगरी तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।