Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
मुख्य समाचार

सरकारप्रति सन्तुष्ट हुने ठाउँ देखिएन- ओली

By आयो रैबार संवाददाता२ असार २०८१, शनिबार ११:०५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सत्तारुढ दलमध्ये सबैभन्दा ठूलो दलका अध्यक्षको यो भनाइले सत्ता गठबन्धनमा अविश्वासको स्थिति उत्पन्न भएको संकेत गरेको छ ।

उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताए । एक/दुई जनाको मुख हेरेर सरकारमा छँदै छाैं भनेर नहुने उनको भनाइ थियो । उनले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताए ।

उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आफ्ना दलका सांसदहरूलाई आग्रह गरे । उनले ठीक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्याउन सकिने बताए । उनले नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरू जसरी विचार, नीति, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर हिँड्ने पार्टी नभएको उल्लेख गरे ।

उनले स्वार्थका थैलाहरू भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यदा, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने काममा एमाले नलाग्ने बताए । उनले प्रतिक्रियावादीहरूले नेकपा एमालेबिरुद्ध दिनदिनै नयाँनयाँ अकल्पनीय कुराहरू आविष्कार गरी समाजमा भ्रम पैदा गरिरहेको पनि टिप्पणी गरे ।

ओलीको भनाइ

बजेटको सन्दर्भमा भएको कति ठीक, कति बेठिक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एक दुई जनाको मुख हेरेर हामी सरकारमा छाैँ भनेर गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदै छौँ भनेर हुन्छ ? हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि सरकारमा गएको हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ? हामीले नै चलाइरहेका मन्त्रालयहरूको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ त्यसको विनियोजन ? त्यो पनि हेर्नुपर्ने हुन्छ ।

यी सबै विषयमा साथीहरूले खुलेर छलफल गर्नुस् । बाहिर बजारमा फिँजाउने कुरा होइन । बाहिर बजारमा भन्दै हिँड्ने त्यसले कुनै फेसबुकले कुनै कुरालाई सच्याएर ल्याइदिँदैन । त्यो ठीक ठाउँको छलफल, ठीक ठाउँको सुझाव, ठीक ठाउँका निर्णयबाट मात्रै स्थितिमा परिवर्तन आउँछ । त्यसकारण हामी प्रतिक्रियावादी शक्तिहरू जस्तो, विचार शून्य, नीति शून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर ती स्वार्थका थैलाहरू भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यदा, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने त्यस्ता खालका भ्रमका तुवाँलाहरू फैलाउने क्रमका विपरीत क्रियाकलापहरूमा हामी लाग्दैन । फेरि हामीले खण्डन मण्डन त गर्नुपर्ने हुन्छ । हाम्रो पार्टीका बिरुद्ध उनीहरूको हमला अत्यन्त तीव्र छ । नयाँ कुरा दिनैपिच्छे अकल्पनीय कुराहरू उनीहरूले आविष्कार गरेर बजारमा फैलाउँछन् ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति