Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
मुख्य समाचार

बाढीपहिरोका मृतकप्रति राजमोको श्रद्धाञ्जली, तत्काल उद्धारमा ध्यान दिन आग्रह

By आयो रैबार संवाददाता१२ आश्विन २०८१, शनिबार ०६:०२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले तीन दिनदेखिको अविरल वर्षाका कारण बाढीपहिरो आउँदा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्कालै उद्धार र राहतमा ध्यान दिन सरकारसित माग गरेको छ ।

उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ असोज १२ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो माग गरेको हो ।

वक्तव्यमा बेपत्ताको खोजी, घाइतेको उपचार गर्न सरकार र प्रशासनसित माग गर्दै जलवायु परिवर्तनको विषयमा पनि गम्भीर हुन सम्बन्धित सबै पक्षसित आग्रहसमेत गरेको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण देशैभरि जनधनको क्षति भएको छ । त्यस क्रममा राजधानीमा नै ३४ जना तथा देशैभरि ६६ जनाको मृत्यु भएको तथा दर्जनौँ व्यक्तिहरू अझै बेपत्ता भएको सञ्चारमाध्यमले बताएका छन् । त्यसैगरी देशैभरि बाढीपहिरो र डुबानको अवस्था छ । खोलानाला र नदीको जलसतह बढेका छन् । बाढीपहिरोले घर भत्किनुका साथै देशैभरि सडक सञ्जाल अवरुद्ध भएको छ । अझै पनि कैयौँ स्थानमा तीव्र उद्धारको आवश्यकता छ ।

राष्ट्रिय जनमोर्चा अविरल वर्षाका कारण ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछ । बेपत्ता भएका व्यक्तिहरूको तत्काल खोजी तथा घाइतेको शीघ्र उपचारका लागि सम्बन्धित जिल्लाका प्रशासनले ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसका साथै राहत तथा उद्धारको कार्यमा तीव्रता दिन सरकार तथा प्रशासनसित माग गर्दछ ।

नेपालका लागि असोजको महिना सामान्यतः वर्षाको समाप्त भएको समय मानिन्छ तर अहिलेसम्म पनि मनसुन यथावत् छ । मनसुनको अन्ततिर आइपरेको यस्तो प्राकृतिक बिपत् विश्वमा बिग्रँदै गएको जलवायु परिवर्तनको कारणले हुन गएको मान्न सकिन्छ । त्यसकारण जलवायु परिवर्तनको पक्षमा गम्भीर हुन सम्बन्धित सबै पक्षसित हामी अनुरोध गर्दछौँ ।”

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति