• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » जाउँ घुम्न जाजुरा
घुमफिर

जाउँ घुम्न जाजुरा

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२७ मंसिर २०७७, शनिबार ०५:३०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत जिल्लाकाे पञ्चपुरी नगरपालिका वडा नं. ८ मा अवस्थित जाजुरा गाउँको फेदीअर्थात् सान्नेटोल नजिकैको बस्तीमा ३ बिघाभन्दा बढी ४५ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक र मनोरम जाजुरा दह छ । क्षेत्रफलका हिसाबले यस नगरपालिकाको सबैभन्दा ठुलो र जिल्लामै दोस्रो ठुलो ताल हो । यस तालको वरिपरि विगत देखि नै मगर बस्तीको बाहुल्यता रहेको छ । मगर भाषामा जाजुरा भनेको गोरुको जुरो हो भने दह भनेको ताल हो । यो गोरुको जुरो जस्तो अग्लो स्थानमा बस्ती रहेको जाजुरा गाउँको फेदीमा रहेकोले यस तालको नामकरण जाजुरा दह रहन गएको एकथरी किम्वदन्ती रहेको छ ।

जाजुरा दह

यो ताल कति समयदेखि बनेको हो भन्ने यकिन तथ्याङ्क त छैन । तै पनि यस स्थानका बुढा पाका तथा जेष्ठ नागरिकहरु समक्ष बुझ्दा करिब १३० वर्ष अघिदेखि यस स्थानमा बस्ती रहिरहेको र त्यो बस्ती रहँदा ताल पनि रहेको भन्ने भनाइरहेकोे छ । यो तालको विकास क्रमको अर्को रोचक प्रसङ्ग पनि रहेको छ । यो तालको उत्तरपट्टिको गाउँ जाजुरामा नै धेरै वर्ष अघि यो ताल रहेको त्यस समयमा भएको प्राकृतिक विपत्तिले गर्दा त्यो ताल सुकेर जमिन मुनिबाटै पानी बहेर हालको स्थानमा ताल बन्नपुगेको कहावत पनि रहेको छ । बर्षौ पहिले जाजुरा गाउँको कुटी गैरामा ताल थियो भन्ने स्थानमा हाल पनि तालको आकारको गहिरो सतह र पश्चिम दक्षिण भागबाट त्यसको निकास निस्केजस्तो आकृति अझै पनि देख्न सकिन्छ तर हाल त्यस स्थानलाई खेतीयोग्य भुमिको रुपमा प्रयोगमा ल्याइएको छ । जाजुरा गाउँबाट लोप भई उत्पत्तिभएर र जाजुरा गाउँबाट यसको फेदीमा देखिने तालभएर यसको नाम जाजुरा ताल रहनगएको भन्ने अर्को फरक किम्वदन्तीरहेकोे छ ।जाजुरा दह दहतालका नामबाट पनि सुपरिचित छ ।

समुन्द्री सतहदेखि ३२१२ फिट उचाइमा रहेको यो ताल करिब ३ बिघा क्षेत्रफलमा फैलिएको छ भने तालको गहिराई १८ फिटसम्म रहेको छ । आवश्यक संरक्षणको अभावमा यो ताल एकातिर बस्ती स्तरबाट आउने भेलले बर्षेनी पुरिदै गइरहेकोे छ भने अर्को तर्फ स्थानीयको अतिक्रमण तथा ताल नजिकै सम्म खेतीयोग्य जमिनको विस्तारले गर्दा ताल बर्षेनी पुरिँदै गइरहेको छ । ५० वर्ष अघि करिब ५ बिघा क्षेत्रफल र २२ फिट गहिराइमा रहेको तालहाल आएर साँघुरिएको छ । कतैबाट पनि पानीको मूल नदेखिने यस दहको पानीको स्रोतको बारेमा तथ्य फेला परिसकेको पाईदैन तालको मध्यभागको गहिरो स्थानबाट पानी निस्केको अनुमान गरिएको छ । प्राकृतिक दहको रुपमा चिनिने यस दहमा स्वच्छ, सफा र कञ्चन पानीभित्र माछाहरु बाह्रै महिना देख्नपाइन्छ । तालको वरिपरि रुखबिरुवाहरु भएतापनि यस तालमा खसेको पातहरु कहिल्यै तालको बिच भागमा जम्मा नहुनु, झरेको पात तुरुन्तै किनारमा लाग्नु यस तालको विशेषता हो । यसको निकासबाट बगेको पानीले पानी घट्टहरु सञ्चालनमा रहेका छन् भने सिँचाईको लागि पनि उक्त पानी प्रयोगमा ल्याइएको छ ।

यो तालको २ किलोमिटर पुर्व तर्फ ठुलो ढुङगामा शिवपार्वतीको पाइलाको छापले गर्दा यस तालको प्राकृतिक रुपमामात्रनभएर धार्मिक रुपमा पनि उतिकै महत्वको रहेको छ । यस दहसँगै उत्तरतिर रहेको सिद्धेश्वर महादेवको मन्दिरले समेत जाजुरा दहको प्रसिद्धि बनाएको छ । यहॉ शिवरात्रिको दिनमा हरेक वर्ष मेला पनि लाग्ने गर्दछ ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

घुमफिर
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

रारा आउने पर्यटक चालिस प्रतिशतले घटे

१९ माघ २०७९, बिहीबार ०८:५८

कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन

२० पुष २०७९, बुधबार ०२:४५

सामाजिक सञ्जालमा भाइरल १३लाखकाे बाघकाे यस्ताे छ वास्तविकता

२० पुष २०७९, बुधबार ०२:२२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति