Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

मुख्यमन्त्री शाहीलाई माधवनेपाल पक्षको साथ,फेरी पनि कँडेलको मिशन असफल

By आयो रैबार संवाददाता२७ आश्विन २०७७, मंगलवार ०९:००
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । स्रोतका अनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो । जसका लागि सो समूहले तीन जनाको नाम पनि पठाइसकेको छ ।

गत आइतबारदेखि गर्माएको राजनीतिक संकट तत्कालका लागि टरेको छ । सत्तारुढ नेकपाका १८ सांसदले संसदीय दलका नेता समेत रहेका मुख्यमनत्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि राजनीतिक तनाव शुरु भएको थियो ।

मुख्यमन्त्री अल्पमतमा परेपछि प्रदेश सरकार नै ढल्न सक्ने अनुमान धेरैको थियो । एक्काशी प्रदेशदेखि केन्द्रसम्मै धक्का दिएको अविश्वासको प्रस्तावले अन्तत केही समयका लागि टरेको हो ।

माधव नेपाल पक्षधर सात जना सांसदहरुले अविश्वासको प्रस्तावबाट व्याक भएपछि मुख्यमनत्रीलाई राहत भएको छ । नेपाल पक्षधर सात जना सांसद छन् ।

नेपालले केन्द्रबाटै निकै दवाव दिएपछि तत्कालका लागि अविश्वासको प्रस्तावबाट व्याक हुनु परेको नाम उल्लेख नगर्ने शर्तमा एक सांसदले भने, ‘नेपालले नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीलाई नै सुर्खेतमा पठाएर छलफल गराउनु भयो त्यसले पनि धेरै दवाव भएपछि अन्तत व्याक हुनुप¥यो ।’

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न १ बजे प्रदेश सभामा बैठकको आह्वान गरिएको थियो । तर नेपाल पक्षधर सांसदहरु बैठकमा सहभागी नभएपछि शाहीविरुद्धको प्रस्ताव अल्पमतमा परेको हो ।

नेपाल पक्षधरलाई मुख्यमन्त्रीतर्फ समर्थन गराउन र अविश्वासको विपक्षमा उभ्याउन भने आचार्य सफल भएका छन् । पूर्व माओवादी खेमाका १२ मध्ये ३ जनाले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका थिए, उनीहरूलाई पनि ब्याक हटाउन पूर्व माओवादी पक्षले पहल गरिरहेको छ ।

माधव नेपाल पक्षीय एक सांसद भने आफू हस्ताक्षरमा अडिग रहेको सांसद सुशील थापाको भनाई छ । नेकपामा प्रदेश सभामा ३३ सांसद छन् । यी मध्य १८ जना मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।

मन्त्रीपरिषद पुनर्गठनको तयारी
मुख्यमन्त्री शाहीले नेपाल पक्षका तीन सांसदहरुलाई मन्त्री बनाउने बचन समेत दिएको एक सांसदले जानकारी दिए ।

‘मेरो नाम नखुलाइ दिनुहोला, खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने सहमति पनि भएको छ’ उनले भने, ‘सामाजिक र पर्यटन मन्त्रीलाई फिर्ता बोलाएर त्यहाँ पनि मन्त्री बनाउने कसरत गर्ने भन्ने विषयमा पनि छलफल चलिरहेको छ ।’ उनकाअनुसार एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने बाचा मुख्यमन्त्रीले दिइसक्नु भएको छ ।

फेरी पनि कँडेलको असफलता

कर्णाली प्रदेश सरकारको स्थापना देखिनै मुख्यमन्त्री शाहीका विरुद्धमा गुट चलाउँदै आइरहेका यमलाल कँडेल फेरी पनि असफल भएकाछन् । मुख्य मन्त्री शाहीलाई पदच्युत गरेर आफु आफु मुख्यमन्त्री बन्ने दाउँमा रहेका कँडेलको मिशन पुरा हुन नसक्ने भएकोछ । मुख्यमन्त्री शाहीले माधव नेपाल पक्षका नेता तथा सांसदहरुलाई आफ्नो पक्षमा ल्याई सरकारमा सहभागी गराउने सहमति भएपछि नेपाल पक्षीय सांसदहरु प्रस्ताब फिर्ता लिने स्रोतले जनाएको छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

६ असार २०८२, शुक्रबार ११:२३

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

६ असार २०८२, शुक्रबार ११:०४

नदी नै जीवन, नदी नै पीडा

६ असार २०८२, शुक्रबार ०८:३२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति