• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णाली प्रदेशसभाका सांसदहरुलाई चाडपर्व खर्च
समाचार

कर्णाली प्रदेशसभाका सांसदहरुलाई चाडपर्व खर्च

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता२ कार्तिक २०७७, आईतवार ०२:२०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । कर्णालीमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका छन् । शनिबार दिनसम्म कोरोना कर्णालीमा कोरोना संक्रमितको संख्या पाँच हजार बढी पुगेको छ । कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या १३ पुगेको छ । कोरोना संक्रमणका बिरामीलाई उपचार गर्ने राम्रो भेन्टिलेटर र आइसियुको अभाव भएको प्रदेशका जनप्रतिनीधिहरुले भने दशै तिहारको भत्ता वापत लाखौ रकम बुझेका छन् ।
अलि गरिबी र विपन्न प्रदेशको परिचय पाएको कर्णालीमा विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिब र विपन्न साँझबिहान छाक टार्नै समस्या छ । तर, कर्णाली प्रदेशका सांसद र उनीहरुका स्वकीय सचिवलाई कर्णाली प्रदेशसभा सचिवालयले चाडपर्व खर्च भन्दै ठूलो रकम वितरण गरेको छ ।
कर्णाली प्रदेशमा प्रदेशसभा सचिवालयले सभामुखलाई ५३ हजार, उपसभामुख र विपक्षी दलका नेतालाई ५०÷५० हजार, सत्तापक्षका प्रमुख सचेतक, सचेतक, प्रतिपक्ष दलका सचेतक र संसदीय समितिका सभापतिलाई ४८÷४८ हजारका दरले चाडवाड खर्च वितरण गरिएको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, कर्णालीमा चारवटा संसदीय समिति, २४ जना सांसदलाई प्रतिसांसद ४५ हजार रूपैयाँका दरले चाडपर्व खर्च दिइएको छ ।
सभामुख, उपसभामुख र विपक्षी दलका नेताका स्वकीय सचिवलाई प्रतिव्यक्ति ३५ हजार नौ सय ९० रूपैयाँ, प्रदेश सांसदका ३१ जना स्वकीय सचिवले २८ हजार दुईका दरले ८ लाख ७४ हजार दुई सय रूपैयाँ वितरण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कोरोना महामारी संकटको बेलामा पनि चाडवाड खर्च भनेर प्रदेशसभा सचिवालयले सभामुख, उपसभामुख र विपक्षी दलका नेताका स्वकीय स्वकीय सचिवलाई पनि २८ लाख ८९ हजार पाँच सय १० रूपैयाँ वितरण गरेको छ ।
प्रदेशसभा सचिवालयले उनीहरुको खातामा रकम जम्मा गर्न गर्न प्रदेश लेखा समितिलाई पत्र पठाई सकिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत यामबहादुर बिसीले जानकारी दिए ।
कर्णालीका प्रदेशसभाका ४० जना सांसदहरुमध्ये कोरोना संक्रमणको महामारीका बेला चाडपर्व खर्च नलिने भनेर कसैले संसद सचिवालयलाई जानकारी गराएका छैनन् ।

कानुन सम्वत नै वितरण गरिएको होः प्रदेशसभा सचिव
कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले कानुन अनुसार नै कर्णाली प्रदेशसभाका सदस्यहरुलाई चाडपर्व खर्च दिइएको बताए ।
बुढाथोकीले चाडपर्व खर्च उपलब्ध गराउने कानुन बनेको त्यही अनुसार प्रदेशसभा सदस्यको खर्च वितरण गरिएको जानकारी दिए ।

नागरिकमाथिको अपमान होः साझा पार्टी
यस्तो संकटका बेला जनतालाई दसैं खर्चको प्याकेज ल्याउनुको साटो आफैँ चाडपर्व खर्च लिनु सांसदहरूको गैरजिम्मेवारीपन भएको साझा नेपाल पार्टीका कर्णाली प्रदेश इन्चार्ज गेहेन्द्रप्रसाद दाहालले बताए ।
कर्णाली प्रदेशसभामा रहेकाले सांसदहरु नागरिक प्रति जिम्मेवार नभएको कवि लेखनाथ पौडेल ‘मै खाउ मै लाउ शुख सयल मोज म गरु, मै वाँचु मै नाचु अरू सव मरुन् दुर्वलहरु’ भने जस्तै भएको दाहालले आरोप लगाए ।
सांसदहरुले नियमित तलब बुझ्ने गरेको कोरोना संकटका बेला दशैं प्याकेज ल्याउनु पर्नेमा सांसदहरु चाडपर्व खर्च दुभाग्र्य भएको दाहालले बताए । ‘जनतामुखी सरकार हो भने गरिब, निमुखा जनताका लागि दसैं प्याकेज कार्यक्रम ल्याओस् ।’ उनले भने, ‘नागरिकहरुले तिन महिनामा खान पाएका छैनन् । तर, सांसदहरुले यसरी रकम लिनु गलत हो ।’

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्ने कार्यतर्फ ध्यान दिन मसालकाआग्रह गरेको

१५ जेष्ठ २०८०, सोमबार ०४:४८

गणतन्त्र दिवसमा सैनिक मञ्चमा विशेष समारोह [फोटोफिचर]

१५ जेष्ठ २०८०, सोमबार ०४:३८

‘गणतन्त्रप्रति वितृष्णा छर्ने प्रयासहरु कदापी सफल हुने छैनन्’-प्रधानमन्त्री [सम्बोधनको पूर्णपाठ]

१५ जेष्ठ २०८०, सोमबार ०४:३६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति