धनगढी।सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताएअनुसार पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको छ । ‘हालै मृतक विकको शव पनि निकालिएको छ, धारिलो हतियार प्रहार गरेर हत्या भएको हुनसक्ने देखिएको छ’, उनले भने, ‘विस्तृतमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने छ ।’
विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिएका छैनन् । नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ, नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको छ ।
असई विकले अस्थायी प्रहरी बिट, जुगेडाको नेतृत्व गरिरहेका थिए ।