• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णालीमा ओली पक्षको हार, माधव नेपाललाई फकाउने प्रयास पनि असफल
ताजा समाचार

कर्णालीमा ओली पक्षको हार, माधव नेपाललाई फकाउने प्रयास पनि असफल

By ५ कार्तिक २०७७, बुधबार १५:२७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । केही सातादेखि कर्णाली प्रदेशबाट चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरसंघर्षले बुधबार बिहानदेखि हार–जीतका आधारमा निकास पाएको छ । यो हारजीतलाई शुक्रबार बस्ने प्रदेश संसदीय दलको बैठकले औपचारिकता दिनेछ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ओली पक्षका नेता यामलाल कँडेलको अगुवाइमा १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि कर्णाली प्रदेशमा अन्तरविरोध चर्केको थियो । यो अन्तरसंघर्षमा केपी ओली पक्षले हारेको छ भने प्रचण्ड र माधव नेपालपक्षका नेताहरु थप एकतावद्ध बनेका छन् ।

माओवादी नेतासमेत रहेका मुख्यमन्त्री शाहीलाई पदच्युत गर्ने उद्देश्यले थालिएको अन्तरसंघर्षका क्रममा केपी ओली पक्षले प्रदेशको प्रमुख सचेतक पद गुमाएको छ । रिक्त रहेको एक मन्त्री पद पनि ओली पक्षले पाउने सम्भावना सकिएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको बोलावटमा काठमाडौं आएका कर्णाली प्रदेशका नेकपा पदाधिकारीहरु कोही जितेको मुद्रामा त कोही पराजीत मुद्रामा आजैदेखि सुर्खेत फर्कने क्रम सुरु भएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालबीच बुधबार बिहान खुमलटारमा भेटवार्ताले कर्णालीमा देखिएको विवादको समाधान निकालेको स्रोतले बतायो । अन्ततः मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव अल्पमतमा पार्न कर्णालीमा प्रचण्ड–नेपाल समीकरण बलियो बनेको छ ।

महेन्द्रबहादुर जोगिए, गुलाबजंग गए !

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली पक्षका सांसद गुलाबजंग शाहलाई नै प्रमुख सचेतक कायम राख्न दुई अध्यक्षबीच सहमति भएको बताएको भोलिपल्टै बुधबार प्रमुख सचेतक सीता नेपालीले कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छिन् ।

माधव नेपाल पक्षका एक नेताले भने, ‘मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय रहेका गुलाबजंग अब प्रमुख सचेतक बन्दैनन्, सीता नेपाली नै प्रमुख सचेतक कायम रहनेछिन् र उनले ७ गतेका लागि संसदीय दलको बैठक नै डाकिसकेकी छिन् ।

यामलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदीय दलमा आउनासाथ मुख्यमन्त्री शाहीले ओली पक्षका प्रमुख सचेतक गुलाबजंगलाई संसदीय दलको नेताबाट हटाएर सचेतक नेपालीलाई प्रमुख सचेतक बनाएका थिए ।

प्रधानमन्त्री ओली गुलाबजंगमाथिको कारवाही जसरी पनि फिर्ता गराउन चाहन्थे । त्यसैले, मंगलबार ओली–प्रचण्ड भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जारी गरेको प्रेसनोटमा प्रचण्डसँग सहमति भएको दाबी गर्दै भनियो, ‘कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने । …प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।’

थापाको प्रेस नोटलाई तत्कालै प्रचण्डको सचिवालयले खण्डन गर्‍यो र त्यस्तो सहमति नभएको स्पष्ट पार्‍यो । त्यसको भोलिपल्ट अर्थात बिहीबार बिहान माधव नेपाल र प्रचण्डसँगको छलफलपछि थापाको दाबी थप खण्डित भयो र सीता नेपालीलाई नै प्रमुख सचेतकमा कायम रहने गरी प्रदेश संसदीय दलमा बहुमत जुट्यो ।

नेकपाका ३३ प्रदेश सांसदमध्ये १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए, जसमा पूर्वमाओवादी खेमाका ३ र माधवनेपाल पक्षमा ७ सांसदको समेत हस्ताक्षर थियो । यो प्रस्ताव अहिलेसम्म फिर्ता भइसकेको छैन । वीचैमा ओली–प्रचण्डले बोलाएका कारण नेताहरु यो प्रस्तावमा छलफलै नगरी काठमाडौं आएकाले यसमाथि निर्णय हुन बाँकी नै छ ।

तर, ओली पक्षसँग मिलेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका सांसदहरुले शुक्रबारको संसदीय दलको बैठकमा प्रस्तावको विपक्षमा मत दिने सहमति जुटेको नेपाल निकट एक नेताले अनलाइनबरलाई बताए ।

यसमा विश्वस्त पार्दै प्रमुख सचेतक सीता नेपालीले प्रस्ताव फिर्ता लिने व्यहोरामा हस्ताक्षर गरिएको कागजसमेत मुख्यमन्त्री शाहीलाई बुझाएकी छिन् । सो कागजमा माधव नेपाल पक्षका ७ सांसदले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने पूर्वमाओवादीतर्फका सांसद पनि ‘ब्याक’ भएका छन् । जसले गर्दा मुख्यमन्त्री हटाउने केपी ओली पक्षको योजना असफल भएको छ ।

यसरी प्रचण्ड–नेपाल पक्षका १० सांसदले हात झिकेका कारण अविश्वासको प्रसतावको पक्षमा ओली निकट ८ जनामात्रै बाँकी रहने छन् र अविश्वासको प्रस्ताव अल्पमतमा पर्ने निश्चित भएको छ ।

खुमलटार निकट स्रोतका अनुसार विहीबार संसदीय दलको बैठकमा मुख्यमन्त्री शाहीले आफ्नो कार्यशैली सुधार गर्ने प्रतिवद्धतासहित आत्मालोचना गर्नेछन् । र, अविश्वासको प्रस्तावमा सही गर्ने बहुमत सदस्यहरुले पनि आफूहरुले प्रस्ताव फिर्ता लिने प्रतिवद्धता जनाउने छन् । त्यसपछि औपचारिकरुपमा अविश्वासको प्रस्तावको च्याप्टर क्लोज हुनेछ ।

यो लडाइँमा मुख्यमन्त्री हटाउने ओली पक्षको योजना त असफल भयो नै, छँदाखाँदाको प्रमुख सचेतक पद पनि ओली पक्षले गुमाएको छ । अब ओली पक्षका प्रमुख सचेतकको पुनर्बहाली नहुने र सीता नेपाली नै प्रमुख सचेतकमा कायम रहने माधव नेपालनिकट एक नेताले अनलाइनखबरलाई बताए । उनले भने, बहुमतका आधारमा निर्णय हुन्छ, गुलाबजंगको पद पुनबहाली हुँदैन ।’

कर्णाली प्रदेशमा सभामुख राजबहादुर शाही ओली पक्षकै नेता रहेकाले प्रमुख सचेतक पनि ओली पक्षले दाबी गर्न नमिल्ने बताउँदै ती नेताले भने, ‘सभामुख पनि ओली पक्षकै हुनुहुन्छ, दुईजना मन्त्रीहरु पनि उताकै हुनुहुन्छ, अब तीनै समूहबाट दुई–दुईजना मन्त्रीहरु राखेर सन्तुलन मिलाउने बहुमत पक्षको सहमति छ ।’

शुक्रबारको संसदीय दलले अविश्वासको प्रस्ताव फेल गराएपछि दसैंअघि वा दसैं सकिनासाथ प्रदेश मन्त्रिपरिषद पुनगर्ठन गर्ने प्रचण्ड–नेपाल पक्षमा सहमति जुटेको नेताहरुले बताएका छन् ।

माधव नेपाललाई फकाउने असफल प्रयास

एकातिर कर्णालीमा मुख्यमन्त्री हटाउने डिजाइनमा असफल भएको र यता काठमाडौंमा कारोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णयबाट जनआक्रोशको साना गर्नु परिरहेका बेला मंगलबार प्रधानमन्त्री ओलीले माधव कुमार नेपाललाई बालुवाटारमा बोलाएर दुई घण्टासम्म कुरा गरे ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेता नेपाललाई खुमलटारतिर जानुको साटो बालुवाटार आउन आग्रह गरे । भेटघाट र फोन नै नगर्ने गरेको प्रधानमन्त्रीले नेता नेपालसँग गुनासोसमेत पोखे ।

साथै, प्रधानमन्त्री ओलीले प्रचण्डको आलोचना गर्दै आफूहरु मिल्न नेपाललाई आग्रह गरे ।

नेपाल पक्षका एक नेता भन्छन्, ‘पहिले पनि प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठकमा कर्नरमा परेपछि वामदेव गौतमजीको निवासमा जानुभएको थियो । अहिले प्रचण्डसँग दुरी बढेपछि माधव नेपाललाई फकाएर खेल्न खोज्नुभएको मात्र हो ।’

प्रधानमन्त्री ओलीले माधव नेपालसँग मंगलबार त्यसबेला भेट गरे जतिखेर नेपाल नेपालले कोभिड १९ को उपचारसम्बन्धी सरकारी निर्णयमा आपत्ति जनाएर विज्ञप्ति जारी गरेका थिए । र, सोही दिन प्रचण्डसँग कुरो नमिलेर दुईवटा प्रेस नोटहरु जारी भएका थिए ।

तर, नेता नेपाललाई फकाउने प्रधानमन्त्री ओलीको असफलता प्रयास कहाँनेर असफल प्रमाणित भयो भने खुमलटार नजानू भन्दै ओलीले आग्रह गरेकै भोलिपल्ट बिहान नेता नेपाल खुमलटार पुगे र कर्णाली प्रदेशमा गठबन्धन कसिलो बनाउने प्रचण्ड पक्षसँग सहमति गरे । अनलाइनखबर

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति