सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३९ जना कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी प्रयोगशाला रुकुम पश्चिका प्रयोगशालामा गरिएको परिक्षणमा ३९ जनामा संक्रमण पुष्टि भएको हाे ।
सुर्खेतमा २० जना, दैलेखमा ८, सल्यानमा ३ जाजरकोटमा दुइ, डोल्पा र कालिकोटका एक/एक जना र अन्य प्रदेशका ४ जना रहेकाे सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । उनकाअनुसार यो सँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार आठ सय ५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर ९० जना डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको संख्या चार हजार ९ सय ५८ पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।