सुर्खेत । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा संघीयता र भ्रष्टाचार विरुद्धमा राष्ट्रिय जनमोर्चा सुर्खेतले सभा सम्पन्न गरेको छ ।
सभालाई सम्बोधन गर्दै राजमो कर्णाली प्रदेश समितिका उपाध्यक्ष कमलविक्रम शाहीले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजी र भ्रष्टाचारको विरुद्धमा राष्ट्रिय जनमोर्चाले जस्तोसुकै मूल्य पनि चुकाउन तयार रहेको बताएकाछन् । राजावादीहरूको गतिविधिले मात्र राजतन्त्र नफर्किने बताउँदै उपाध्यक्ष शाहीले जनताको असन्तोष नबढ्ने गरी काम गर्न दुईतिहाइ बहुमतयुक्त नेकपाको सरकारसित आग्रह गरेकाछन् ।
कार्यक्रममा राजमो प्रदेश समितिका कोषाध्यक्ष धनप्रसाद देवकोटा, राजमो सुर्खेतका अध्यक्ष गोविन्द सुवेदी र जातीय समता समाजका केन्द्रीय सदस्य लालबहादुर नेपालीले समबोधन गरेका थिए
राजमो नेता विष्णुप्रसाद शर्माको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।