• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » ‘हिरो-हिरोइन’लाई छायाँमा पार्ने सहायक कलाकारहरू
कला

‘हिरो-हिरोइन’लाई छायाँमा पार्ने सहायक कलाकारहरू

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२६ मंसिर २०७७, शुक्रबार १२:३४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

बलिउड फिल्मको कथावस्तु प्राय मुख्य अभिनेता, अभिनेत्री केन्द्रित हुन्छन्। उनीहरूको वरपर घुम्ने अन्य पात्रको कथा गौण लाग्छ।

तर, केही समययता सह भूमिकामा देखिने पात्रहरूले पनि दर्शकको ध्यान खिचिरहेका छन्। ख्याती कमाइरहेका छन्। केही पात्रहरू छन् जसले अभिनेता, अभिनेत्रीहरूलेभन्दा बढी चर्चा पाइरहेका छन्।

फिल्म ‘लक्ष्मी’मा शरद केलकर

टिभीबाट फिल्ममा काम थालेका कलाकार हुन् शरद केलकर। उनको अभिनयलाई दर्शकसँगै समीक्षकले रुचाएका छन्। हालै उनी अक्षय कुमारको फिल्म ‘लक्ष्मी’मा। उक्त फिल्‍ममा अक्षय तेस्रो लिङ्गीको भूमिकामा देखिएका थिए। त्यस भूमिकालाई लिएर फिल्म प्रदर्शन हुनु अगावै अक्षयले तारिफ बटुले।

तर, फिल्म असफल ठहरियो। तर, फिल्ममा अतिथी भूमिकामा देखिएका शरद केलकरले बेग्लै छाप छोडे। उनको अभिनयको सामाजिक सञ्जालदेखि मिडियामा चर्चा भयो।

वर्षको सुरुवातमा सार्वजनिक अजय देवगनको ऐतिहासिक फिल्म ‘तानाजी’मा केलकरले छत्रपति शिवाजी महाराजको भूमिका निर्वाह गरेका थिए। पर्दामा निकै छोटो समय देखिएपनि उनको अभिनयको छाप रह्यो।

‘गलीब्वाइ’मा सिद्धान्त चतुर्वेदी

अभिनेता रणवीर सिंह दमदार अभिनयकै कारण चर्चित छन्। हरेक पटक फिल्म प्रदर्शनपछि उनले निर्वाह गरेको भूमिकाको चर्चा हुन्छ। सन् २०१९ मा  अस्करका लागि पठाइएको फिल्‍म ‘गलिब्वाइ’मा पनि उनको अभिनयको तारिफ भयो। तर, सँगसँगै चर्चाको पात्र बने एम सी शेरको भूमिकामा देखिएका सिद्धान्त चतुर्वेदी।

उनको अभिनयको प्रभाव बलिउडमा पर्‍यो। हाल उनी ठूलो बजेटका फिल्महरूमा व्यस्त छन्।

‘तनु वेड्स मनु’मा दीपक डोबरियाल

विशाल भरद्वाज निर्देशित फिल्म ‘मकबूल’बाट फिल्म करियर सुरु गरेका हुन् दीपक डोबरियालले। त्यसपछि उनले थुप्रै फिल्म गरे। तर, निकै यादगार रहे ‘तनु वेड्स मनु’का पप्कीको रुपमा।

उक्त फिल्मले कंगना रनौतको करियरमा सकारात्मक असर पार्‍यो। उस्तै आर माधवनका साथी पप्पी बनेका दीपक हिरोमाथि हावी भए।  

‘किक र रईस’मा नवाजुद्दीन सिद्दीकी

फिल्म इन्डस्ट्रीमा तीन दशकदेखि शाहरुख खान र सलमान खानको दबदबा रहेको छ। सलमान खानको फिल्ममा उनकै दबदबा रहन्छ। सन् २०१४ मा सलमान खान अभिनित ‘किक’मा भने उनीसँगै भिलेन शिव गजरा बनेका नवाजसद्दीन सिद्दीकीको पनि चर्चा भयो।

फिल्ममा उनको खुङ्कार हाँसो दर्शकले याद राखे। पहिलो पटक सलमान खानको फिल्ममा दोस्रो पात्रलाई तारिफ मिल्यो। नवाजुद्दीनलाई फिल्महरू मिल्न थाल्यो। सन् २०१७ मा शाहरुख खानसँग ‘रईस’मा काम गरे। त्यसमा इन्स्पेक्टर जयदीप अम्बालाल मजूमदारको भूमिका निभाएका उनको अभिनयको चर्चा चुलियो।

सन् २०१४ को रितेश बत्रा निर्देशित रोमान्टिक ड्रामा ‘लन्चबक्स’मा इरफान खान र निमृत कौरको साथ नवाजुद्दीन पनि सानो भूमिकामा देखिए। चुलबुले सेल्सम्यानको भूमिकामा देखिएका उनको अभिनय सबैको आँखामा पर्‍यो।

‘निल बट्टे सन्नाटा’ र ‘लूडो’मा पंकज त्रिपाठी

पंकज त्रिपाठी पछिल्लो समय तारिफ बटुलिरहेको फिल्म ‘लुडो’का कारण सञ्चार माध्यमतिर छाइरहेका छन्। तर, उनको यो चर्चा नयाँ होइन। उनी अभिनयकै कारण प्रभावशाली मानिएका छन्।

अश्विनी अय्यर तिवारीको फिल्म “निल बट्टे सन्नाटा” आमा छोरीको सम्बन्धमाथि बनेको थियो। स्वरा भास्करको प्रमुख भूमिका रहेको फिल्ममा पंकज प्रिन्सिपल श्रीवास्तवका रुपमा देखिएका थिए। उक्त फिल्म प्रदर्शनपछि पंकज कुशल कलाकारको रुपमा स्थापित भए।

पंकज त्रिपाठी सन् २०१९ मा कार्तिका आर्यनको फिल्म ‘लुकाछिपी’मा सानो भूमिका बाबूलालको रुपमा देखिएका थिए। तर, जबजब उनी पर्दामा देखिए तबतब दर्शकलाई खुशी बनाए।

अनुराग बासुको “लूडो”मा अभिषेक बच्चन, आदित्य राय कपूर, सान्या मल्होत्रा, फातिमा सना शेखलगायत कलाकार छन्। तर, डनको भूमिका निर्वाह गरेका  सत्तू (पंकज त्रिपाठी) अरु पात्रहरूमा हावी भए।

‘सरबजीत’मा रणदीप हुड्डा

उमंग कुमारको बायोपिक फिल्म ‘सरबजीत’मा ऐश्वर्या राय बच्चनले दलबीर कौरको भूमिका निर्वाह गरिन् जो भाइ सरबजीत सिंह भारत फर्काउनका लागि लड्छिन्।

सरबजीतको भूमिका निभाउने रणदट्ठप हुड्डा पर्दामा धेरै देखिँदैनन्। तर, जति देखिन्छन्। त्यसमा छाउँछन्।

‘स्त्री’मा अभिषेक बनर्जी

सन् २०१८ मा सार्वजनिक हरर कमेडीमा श्रद्धा कपुर र राजकुमार राव मुख्य भूमिकामा छन्। राज कुमार राव, पंकज त्रिपाठी र विजय राजजस्ता कलाकार भएका फिल्मबाट छाए अभिषेक बनर्जी जसलाई दर्शकले मन पराए।

‘ओमकारा’मा सैफ अली खान

नब्बेको दशकमा फ्लप कहलिएका अभिनेता सैफ अली खानको करियर सन् २००१ मा ‘दिल चाहता है’ प्रदर्शनपछि मोडियो। उनले केही सफल रोमान्टिक ड्रामा दिए।

सन् २००६ मा विशाल भारद्वाज निर्देशकको फिल्ममा उनी नकारात्मक भूमिकामा देखिए। “लंगडा त्यागी”को रुपमा देखिएका उनी अजय देवगन, विवेक ओबेरय, करीना कपूर, कोंकणा सेन शर्मा, नसीरुद्दीन शाह जस्ता कलाकारहरूमा हावी भए। 

बीबीसी हिन्दीबाट।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

बलिउड
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

मन्त्रीले संविधान विरोधी अभिव्यक्ति दिएको विषयमा सत्तारूढ दलकै सांसदको विरोध, बर्खास्त गर्न माग

१८ माघ २०७९, बुधबार ०९:४३

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

१८ माघ २०७९, बुधबार ०९:३७

भारतले अनुदान सहायता घटायाे

१८ माघ २०७९, बुधबार ०९:३६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति