दैलेख । राष्ट्रिय जनमोर्चा दैलेखले ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचार विरुद्ध सङ्घर्ष गरौँ’ मूल नाराका साथ सदरमुकाम दैलेखबजारमा विरोधसभा सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका उपाध्यक्ष कमलविक्रम शाहीले सङ्घीयताको विकल्प राजतन्त्र नभएको बताएकाछन् । प्रतिगामी तत्त्वहरू सल्बलाइरहेका बेला सच्चा गणतन्त्रवादीहरू सचेत हुनुपर्ने आवश्यकतामा जोड दिएकाछन् । सरकारले जनताको पक्षमा प्रभावशाली प्रकारले काम गर्न नसकेको बताउँदै नेता शाहीले यो परिस्थितिको फाइदा उठाउन प्रतिगामी तत्त्वहरू उद्यत रहेको बताए ।
कार्यक्रममा नेकपा (मसाल) दैलेखका प्रवक्ता सुरतबहादुर रावलले देशमा बढिरहेको भष्टाचार र सत्तारुढ दलभित्रको कुर्चीको लड़ाईंले गर्दा गणतन्त्र विरोधी शक्तिले टाउको उठाउने मौका पाएको बताएकाछन् ।प्रदेश सरकार खारेज गरी स्थानीय निकायलाई अधिकार सम्पन्न गराउनु पर्ने, प्रदेशको खर्च विकास निर्माण र कोरोना भाइरस उपचारमा खर्च गर्नु पर्ने बताए ।
देशमा वैदेशिक चलखेल बढेको भन्दै राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा र संघीयता खारेजीका लागि जनता एकजुट हुनुपर्ने बताए।त्यस्तै
र राष्ट्रिय जनमोर्चा दैलेका जिल्ला अध्यक्ष अम्बरबहादुर नेपालीले नेपाली जनताहरुको बलिदानिपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रमाथि गिद्धेनजर लगाउँदै देशलाई पछाडी धकेल्ने प्रयास भैरहेको हुँदा यसप्रकारकाे प्रवृत्ती विरूद्ध संङघर्ष गर्नु पर्ने बताएकाछन् ।