• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कांग्रेसभित्र उठ्यो छाँया सरकार हेरफेरको माग
राजनीति

कांग्रेसभित्र उठ्यो छाँया सरकार हेरफेरको माग

आयो रैबार डेस्कBy आयो रैबार डेस्क३ पुष २०७७, शुक्रबार १२:५८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको निगरानीका लागि गठन गरेको ‘छाँया सरकार’माथि पार्टीभित्रै प्रश्न उठेको छ ।

‘सरकार भन्दा छाँया सरकार अझ लाचार’ भएको भन्दै नेताहरुले नेतृत्वसमक्ष छाँया सरकार हेरफेरको माग राखेका छन् ।

संघीय संसदको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले शुक्रबार बोलाएको संसदीय दल कार्यसमितिको बैठकमा केही सांसदहरुले छाँया सरकारकै आलोचना गरे ।

‘देशमा प्रतिपक्षी पनि छ र ?’ भन्दै आम नागरिकले प्रश्न गर्न थालेको उल्लेख सांसद दिव्यमणि राजभण्डारीले छाँया सरकार हेरफेर गर्नुपर्ने बताए । उनको मागमा अन्य सांसदहरुले पनि समर्थन जनाए ।

बैठकपछि नेता राजभण्डारीले अनलाइनखबरसंग भने, ‘बैठकमा छाँया सरकारको कुरा उठ्यो । त्यसपछि मैले छाँया सरकारमा हुनेहरु जिम्मेवार हुनुपर्यो । काम गर्न सक्नुपर्‍यो । काम गर्न नसके छोड्नुपर्‍यो भनेको हुँ ।’

कांग्रेसले एउटा मन्त्रालय तीन जनासम्म सांसदलाई जिम्मा दिएर ६ जेठ ०७६ मा २५ सदस्यीय छाँया सरकार घोषणा गरेको थियो । तर, छाँया मन्त्रीहरुले हालसम्म के गरे, प्रगति के छ भनेर पार्टीमा समिक्षा हुन नसकेको नेता राजभण्डारीले बताए । उनको प्रश्न छ, ‘छाँया मन्त्री भएर संसदमा कम जाने, विदेश घुमेर बस्ने, अनि अरु माथि मात्रै प्रश्न उठाएर हुन्छ ?’

कांग्रेस नेता प्रकाशमान सिंहले ‘कुन कुन छाँया मन्त्रीले के के गर्नुभयो त्यो सेयर गर्नुपर्‍यो र आवश्यक परे जिम्मेवारी हेरफर गर्नुपर्‍यो  ।’

बैठकमा सहभागी नेताहरुका अनुसार छाँया सरकारको काम कारबाहीमाथि प्रश्न उठेपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले छाँया मन्त्रीहरुको कामको समीक्षा हुने बताएका छन् ।

‘छलफल गर्दै गरौं, छाँया मन्त्रीको रिपोर्ट नै मागेर छलफल गर्न पनि सकिन्छ’ खाँडको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

सभापति शेरबहादुर देउवा छाँया सरकारको काम कारबाहीमाथि उठेको प्रश्नबारे मौन रहेको नेताहरुले बताएका छन् । ‘खाँडजीले जवाफ दिएपछि सभापति चुप रहनुभयो । यो बेला पार्टीभित्रकै कुरा गर्ने बेला होइन भन्ने उहाँको आशय रहेको मैले बुझेको छु’ ती नेताले भने ।

कांग्रेसद्वारा गठित छाँया सरकारमा गृह मन्त्रालय दिलेन्द्रप्रसाद बडू, अर्थ मिनेन्द्र रिजाल, रक्षा भीमसेनदास प्रधान, परराष्ट्र नारायण खड्का, ऊर्जा ज्ञानेन्द्रबहादुर खड्का, शहरी विकास उमाकान्त चौधरी, उद्योग मीन विश्वकर्मा, खेलकुद किशोर सिंह राठौर, शिक्षा गगन थापा, खानेपानी सुजाता परियार, स्वास्थ्य पार्वती डिसी चौधरी, पर्यटन मन्त्रालयको जिम्मा देवेन्द्र कँडेलले पाएका थिए ।

यसैगरी, छाँया सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षाको डिला संग्रौला, सञ्चार तथा सूचना प्रविधिमा बहादुरसिंह लामा, भूमिसुधार लक्ष्मी परियार, संघीय मामिला तथा सामान्य प्रशासन अतहर कमाल मुसलमान, कृषिको पद्मनारायण चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उमा रेग्मी, वन तथा वातावरण राजेन्द्र केसी, कानुन तथा संसदीय मामिला राधेश्याम अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा सञ्जयकुमार गौतमले पाएका थिए ।

उनीहरुलाई सरकारका सम्बन्धित मन्त्रालयका मन्त्रीले गरिरहेका काम कस्ता छन् भन्ने सुक्ष्म अध्ययन र विश्लेषण गरी गलत काम गरे सच्याउन खबरदारी गर्ने जिम्मेवारी दिइएको छ ।

छाँया सरकारले अवसर गुमायो

पाटन संयुक्त क्याम्पसका राजनीतिक शास्त्रका उपप्रध्यापक विष्णु दाहाल कांग्रेसको छाँया सरकार कामविहीन, भूमिकाविहीन भएको बताउँछन् ।

‘सरकारका गलत कामको खबरदारी गरेर सच्याउने भन्दा सरकार गलत गरिरहोस्, सरकार अर्कमण्य होस्, कामै नगरोस् र त्यसका आधारमा नेकपाको जनमत जाला र आफू सरकारमा आउँला भन्ने कांग्रेसको नीति देखिन्छ । त्यसको प्रभाव छाँया सरकारमा परेको हो’ उनले भने ।

सरकारको काम कुन रफ्तारमा छ त्यसमा प्रतिस्पर्धा गर्नेगरी आफूलाई विकास गर्ने अभ्यास विभिन्न देशमा आफूले पाएको उल्लेख गर्दै उनले नेपालमा त्यसको ठीक उल्टो अभ्यास भएको बताए ।

‘छाँया सरकारलाई पनि अवसर थियो, डाटामा जान सकेको भए, सरकारले यहाँ गलत गर्यो, हुनुपर्ने यस्तो थियो भनेर भन्न सकेको भए’ दाहाल भन्छन्, ‘जस्तो सरकार उस्तै छाँया सरकार भयो ।’

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

नेपाली काँग्रेस
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति