काठमाडौं । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत १८ जना सहसचिव तथा उपसचिवहरुको सरुवा गरेको छ । यससँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।
मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत विभिन्न ११ जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो । मन्त्रालयकाअनुसार ढुण्डीप्रसाद निरौला प्रजिअ बनेर ललितपुरमा सरुवा भएका छन् ।
