• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » आमजनतालाई बुझाउनुस्, प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन–खनाल
राजनीति

आमजनतालाई बुझाउनुस्, प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन–खनाल

आयो रैबार डेस्कBy आयो रैबार डेस्क६ पुष २०७७, सोमबार १३:४३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नेपाल कम्युनिस्ट पार्टी गौरवशाली पार्टी हो । यो पार्टीले विगत ७१ वर्षमा जुन ढङ्गले काम गर्दै आएको छ, हामीले एउटा सिंगो क्रान्तिलाई सम्पन्न गरेका छौं । ५८ वर्ष लगाएर हामीले जनवादी क्रान्ति सम्पन्न गर्‍यौं । त्यो क्रान्ति कालमा अनेकन प्रकारका मोडहरु आए । विभिन्न प्रकारले उग्र वामपन्थविरुद्ध लड्नुपर्‍यो, कहिले दक्षिणपन्थविरुद्ध लड्नुपर्‍यो। पार्टी आन्दोलन र लोकतान्त्रिक आन्दोलनविरुद्ध विभिन्न ढंगले विश्वासघात गर्ने नेताहरूविरुद्ध लड्नुपर्‍यो । त्यसरी अनेक घुम्तीहरू पार गरेर हामी यो ठाउँमा आइपुगेका छौं ।

जब पार्टी एकीकरणको काम सम्पन्न गर्‍यौं, एउटा क्रान्ति सम्पन्न गरेर समाजवादतर्फ अगाडि बढ्नुपर्ने ठाउँमा आइपुगेका थियौं । नयाँ संविधान निर्माण गर्‍यौं, आमनिर्वाचन गर्‍यौं र हामीले अभूतपूर्व जनादेश प्राप्त गर्‍यौं । दुई पार्टीलाई एकीकृत गरेर नेकपा निर्माण पनि गर्‍यौं । अब समाजवादको बाटोमा जाने ऐतिहासिक अभिभारा हामीले निर्वाह गर्नुपर्ने थियो । तर पार्टीले अगाडि सारेका कुनै पनि नीतिहरू केपी शर्मा ओलीको सरकारले पूरा गर्न सकेन । मन्त्रिपरिषद् सदस्यहरू तय गर्दा पनि पार्टीको भावना अनुरूप भएन । योजनाहरू पनि पार्टीको भावना अनुरुप बन्न सकेन । तीन-तीनवटा आए नीति र कार्यक्रम आए, त्यो पनि पार्टीका नीति र सिद्धान्त अनुरुप छैन । त्यसमा उदारवादी पुँजीका लागि मात्रै ल्याइएका कुराहरू छन् । एउटा दक्षिणपन्थ भड्काउ भएको गुटको रूपमा केपी शर्मा ओलीको नेतृत्वमा गुट बन्यो । त्यही गुट फर्मेसनले निरन्तर पार्टीलाई दुःख दिइरह्यो। सत्तारुढ पार्टी भएको हुनाले कैयन कुराहरू चित्त नबुझ्दा पनि पनि मुखमा ताला लगाएर बस्यौं । आफ्नै सरकार हो भनेर बैठकहरूबाटै सच्याउने कोसिस गर्‍यौं, अनेकौं ढंगले सुधारका प्रयास गर्‍यौं तर हाम्रा प्रयासहरू सफल भएनन् ।

पार्टीभित्र विभिन्न बेलामा बहसहरू हुन्छ, छलफलहरू हुन्छ, नीतिगत विषयमा अनेकन भिन्नताहरू आउँछन् । त्यो भिन्नताहरुबारे बहस छलफल गर्न सक्नुपर्छ, तथ्यहरु र विधिबाट अगाडि बढ्न सक्नुपर्छ । त्यो मात्रै सही तरिका हुनसक्छ । तर पार्टीकै अध्यक्ष बैठकमा नबस्ने, बैठकमा उपस्थित नहुने, बैठकमा प्रस्तुत भएका विषयहरू अस्वीकार गर्छु भनेर गैरराजनीतिक र स्वार्थी कुराहरू गरेर अगाडि बढाउन थाल्नुभयो । त्यसले पार्टीमा संकटहरू आए । त्यसलाई निवारण गर्न जुन विधिबाट अगाडि बढ्नुपर्ने थियो, त्यसभन्दा अन्यथा गएर संविधान कुल्चिने, संविधानको मर्म र भावनालाई ध्वस्त पार्ने, लोकतन्त्रका खम्बाहरू ध्वस्त पार्ने गरी केपी शर्मा ओलीले चालेको कदम (संसद विघटन) असंवैधानिक छ, जनविरोधी छ । यसविरुद्ध हामी उत्रनुपर्ने छ ।

यसलाई ध्यानमा राखेर नै आज संसदीय दलको बैठक राखेका छौं । यहाँ सबै साथीहरु उपस्थित हुन सक्नुभएको छैन । कमरेडहरु देशका विभिन्न ठाउँमा पुग्नुभएको छ, उहाँहरु आउँदै हुनुहुन्छ । कोही बाटोमा हुनुहुन्छ, कोही जिल्लाबाट आउन थाल्नुभएको छ । त्यसकारण हामी फेरि संसदीय दलको बैठक गर्छौं । तर आजको बैठकले हामीले केही प्रारम्भिक कामहरु गर्नुपर्ने भएको छ ।

हामीले सोच्नुपर्दछ, अहिले हाम्रो देशमा जुन संविधान छ, यो संविधान धेरै दुःख, कष्ट, त्याग, तपस्या गरेर निर्माण गरिएको संविधान हो । यो नेपाली जनताले निर्माण गरेको संविधान हो । त्यो संविधान बनाउँदा हामीले दुनियाँभरका संसदीय व्यवस्था, हाम्रो आफ्नै अनुभव सबैलाई ध्यानमा राखेर घण्टौं छलफल गरेका छौं । खासगरी प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार कतिपय देशमा छ, हाम्रो पनि ०४७ सालको संविधानमा थियो । नयाँ संविधानमा राख्ने कि नराख्ने भनेर व्यापक छलफल गर्‍यौं । यो प्रावधान कुनै हालतमा राख्न हुँदैन, यहि प्रावधान राख्दा विगत दश वर्षमा देश अस्थिरताबाट गुज्रिरह्यो । अब फेरि अस्थिरतातर्फ जान दिनुहुँदैन भनेर धारा ७६ राखेका छौं । यो धाराले चार-चार वटा कन्डिसन राखेको छ र त्यो पूरा गर्दा पनि सरकार बन्न सकेन भने मात्र संसद आफैं विघटन हुने अवस्थामा पुग्छ भनेको छ । हाम्रो संविधानको मर्म र भावना त्यो हो ।

तपाईंहरु आफैँ विधायिका हुनुहुन्छ। तपाईंहरु आफैं संविधानको अध्ययन गर्नुस्, बुझ्नुहोस् र आमजनतालाई भन्नुहोस्-यो संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन । यो अनाधिकृत कदम हो, यस्तो कदमको विरोध गर्नुपर्छ । विरोध राजनीतिक रूपले पनि अगाडि बढाउनुपर्छ, संवैधानिक रूपले पनि सर्वोच्च अदालतसम्म जानुपर्छ । हामी सर्वोच्चसम्म पनि जान्छौं ।

कमरेडहरुलाई अन्त्यमा भन्न चाहन्छु, सक्रिय भएर अगाडि बढ्नुहोस् । आ-आफ्नो निर्वाचन क्षेत्रमा आमजनता र कार्यकर्तालाई यो कदमको विरोध गर्न आह्वान गर्नुहोस् । पार्टी सचिवालयमा पनि हामी बहुमतमै छौं, स्थायी कमिटीमा पनि दुईतिहाइ बहुमतमा छौं । हिजो मात्रै स्थायी कमिटीको बैठक बसेर निर्णय गरेका छौं-अहिलेको जसरी संसद विघटन गर्ने दुस्साहस गरिएको छ, यो कथित विघटन हो । यो कथित विघटनको भर्त्सना र विरोध गरेका छौं । केन्द्रीय कमिटीको बैठक भोलि बस्दैछ । त्यसले पनि आवश्यक निर्णयहरू गर्छ । राष्ट्रव्यापी रूपमा पार्टीलाई परिचालन गर्छौं, जनतालाई पनि परिचालन गर्नुपर्छ र संवैधानिक ढोकाहरुलाई पनि हामीले ढकढक्याएर जानुपर्छ ।
यो कम्युनिस्ट आन्दोलनमा आएको एउटा दुःखद् मोड हो । लोकतान्त्रिक आन्दोलनमा पनि आएको दुःखद् मोड हो । हामीले यसको सामना गर्नुपर्ने हुन्छ । यसलाई दृढतापूर्वक सामना गर्न हामी सबै एकजुट भएर अगाडि बढौं ।

(सोमबार संसद भवन नयाँबानेश्वरमा बहुमत सांसदहरुको बैठकलाई खनालले गरेको सम्बोधन अनलाइनखबरबाट साभार)

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

नेकपा सांसदहरुलाई झलनाथ खनालको सम्बोधन :
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति