सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् । परिक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीकाे छलफलका क्रममा विवाद हुँदा स्थिति नियन्त्रणमा लिदा प्रहरीले अश्रु ग्याँस प्रहार गरेकाे थियाे ।
झडपमा स्ववियु सदस्य तथा नेविसंघका नेता राेशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्षमण वाेगटी लाइ गाेली लागेर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।उपकुलपतिसँग विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरिएकाे बताइएकाे छ । घाइतेहरूकाे स्थानीय माया नर्सिङ हाेममा उपचार भैरहेकाे छ ।
प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार विद्यालयका उपकुलपति सिंहलाई ज्ञापन पत्र बुझाउन विद्यार्थी कार्यालय पुगेका थिए । उपकुलपति सिंहले ज्ञापन पत्र बुझ्न नमानेपछि । विद्यार्थीले उपकुलपतिसँग विवाद गरेका हुन् । उपकुलपति कार्यालयबाट निस्किने क्रममा विद्यार्थीले ढुंगामुढा गर्न थालेपछि तनाव सिर्जना भएको सुर्खेत प्रहरीका डीएसपी रामप्रसाद घर्तीले बताए ।

