काठमाडौं।भारतीय तरकारीको आयातले गर्दा आफ्नो तरकारीले उचित बजार र मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमै फालेर आन्दोलन गरेका छन्।
टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्।
बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती आएका र नेपाली तरकारीले बजार नपाएकाले खेतमा तरकारी कुहिएर जाने गरेको किसानहरूले गुनासो गरेका छन्। उनीहरूले सडकमा आएपछि सबैको आँखा पर्ने भन्दै तरकारी फालेर विरोध जनाएको बताएका छन्।