हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिका –१ को लाली गाउँकी मनिषा विक कर्णाली नदीमा माछा मारेर घर चलाउछिन्। आम्दानीको अन्य श्रोत नभएपछि कर्णाली नदीमा उनी दैनिक जाल हाल्न पुग्नेगर्छिन्।
अघिल्लो बेलुुका नदी किनारमा गएर जाल हाल्ने र पछिल्लो दिन बिहानै माछा परे नपरेको हेर्ने काम दैनिकी जस्तै भएको बताउँछिन्। कर्णालीमा यसरी जाल थापेर माछा मार्ने उनीएक्ली महिला हुन्।
यसरी जालमा परेका माछा उनले प्रतिकेजी आठ सय रुपियाँमा बिक्री गर्दै आएकीछन्। अन्य काम गर्ने विकल्प नहुँदा माछालाई जाल हाल्ने पेशा रोजेको उनको भनाइ छ।
यसरी जाल थापेर मारेका माछाबाट उहनले दैनिक दुई हजारदेखि चार हजार रुपियाँसम्म कमाई गर्छिन्। माछा बिक्री गर्न पनि टाढा जानुु पर्दैन। कर्णाली करिडोरमा हिँड्ने पैदल यात्रुहरुले उनले जालमा पारेका माछा किन्ने गरेका छन्।
जालमा परेको माछालाई देख्ने बित्तिक्कै पैदल यात्रुले माछा किन्ने गरेको उनको भनाइ छ। राम्रो आम्दानी भएकाले घर चलाउन सहज हुँदा उनी यो पेसाबाट सन्तुष्ट रहेको बताउँछिन्।
काेरिडोरमा हिँड्ने यात्रुले माछा जालमा पारेकै ठाउँबाट किन्ने गरेका छन्। बाँकी रहेका माछा उनी सडक किनारमा बसेर बिक्री गर्छिन्। उनलाई जाल बुन्ने कामका श्रीमान् र छोराले सहयोग गरिरहेका छन्।