सुर्खेत । प्रहरीकाे लागुऔषध ब्यूराे टाेलीले दुइ जनालाइ पक्राउ गरेकाे छ । वीरेन्द्रनगर नगरपालिका-४ कुमाई चोक नजिकैबाट शंकास्पद रूपमा बसिरहेका दुइ जनालाइ प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-४ बस्ने अन्दाजी ३० वर्षीय सागर गुरूङ र साेही ठाउँका अन्दाजी ३७ वर्षीय रविन्द्र सिंह थापा रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध ब्युरोबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध एक ग्राम १० मिलिग्राम बरामद गरिएकाे कार्यालयकाे भनाइ छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।