काठमाडौं ।नेपालमा तार (फाइबर) बाट इन्टरनेट प्रयोग गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ चैत मसान्तसम्मको एमआईएस रिपोर्टमा तारबाट इन्टरनेट प्रयोग गर्ने बढ्दो क्रममा देखिएको हो।
२०७९ को एक वर्षको अवधिमा तारबाट इन्टरनेट प्रयोग गर्ने २३ लाख ४० हजार १७८ ले बढेको रिपोर्टमा देखिन्छ।
गत वर्ष २०७९ को बैशाखमा तारबाट इन्टरनेट प्रयोग गर्ने ९३ लाख ४२ हजार ८९० थिए। भने २०७९ को चैतमा १ करोड १६ लाख ८३ हजार ६८ प्रयोगकर्ता पुगेका छन्।
२०७९ चैतमा २६ लाख ७३ हजार ४७१ स्थानमा तार इन्टरनेट जाडन संख्या पुगेको छ भने २०७९ बैशाखमा २१ लख ३७ हजार ९६१ रहेको थिए।
एक वर्षको अवधिमा इन्टरनेट सेवा प्रदायकबाट सेवा जडान गर्ने संख्या ५ लाख ३५ हजार ५१० ले बढेको छ। एक जडानबाट ४.३७ जनाले इन्टरनेट प्रयोग गर्ने प्राधिकरणले विश्वास गर्ने गरेको छ। सोहीको आधारमा तारबाट इन्टरनेट प्रयोग गर्नेको संख्या १ करोड १६ लाख ८३ हजार ६८ मानिएको हो।