काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुएल डियाज-कनालबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप २८ मा सहभागी हुन दुबईमा रहेका प्रधानमन्त्रीले क्युबाका राष्ट्रपति डियाज-कनालसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका क्रममा दुई नेताबीच आपसी सहयोग, द्विपक्षीय सम्बन्ध र समसामयिक विश्व राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।