काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ ।
न्यायाधीश जनक पाण्डेले ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए । तर, अर्का न्यायाधिश प्रकाश खरेलले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् ।
अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ । अर्को आदेश नभएसम्म खाँण पनि थुनामै रहनेछन्।