सुर्खेत। सुर्खेत प्रहरीले छालाको मुद्रा जस्तो देखिने वस्तुसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीवार राति भेरिगंगा नगरपालिका-१२ छिन्चु बजारमा रहेको एक होटलको कोठाबाट पुरातात्विक महत्वको त्रिभूज आकारको छालाको मुद्राजस्तो देखिने वस्तुसहित दुई जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं. २ बस्ने ३७ वर्षका सोम बहादुर रावल र अछाम कमल बजार नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३८ का लोकेन्द्र बहादुर शाह रहेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।
रावलले पछाडी बोक्ने कालो झोलाबाट पितल जस्तो टल्कीने धातुबाट माथिल्लो कुना सुर्य बनाएको र तल्लो भागमा ११११ लेखीएको अर्को पितल जस्तै तल्किने धातुबाट माथिल्लो भागमा चन्द्रमा बनाएको र तल्लो भागमा ३ वटा तारा बनाएको त्रिभुज आकारमा छालाको मुद्रा जस्तो देखिने वस्तु एक थान बरामद गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए।
हाल उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।