सुर्खेत।६० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका–५ गोगनपानीका ४३ वर्षीय टेकबहादुर नेपालीलाई दैलेख जिल्ला अदालतले आठ वर्ष कैद फैसला गरेको छ ।
कसुरदारलाई आठ वर्ष कैद, तीन लाख रुपिंयाँ जरिबाना, पाँच हजार रुपिंयाँ पीडितलाई क्षतिपूर्ति र १ हजार ३ सय रुपिंयाँ पीडित राहत कोषलाई तिर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिए।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले असार १२ गते उक्त फैसला गरेको हो । तीन वर्ष अघि कसुरदारले पत्नीलाई आत्महत्या दुरूत्साहन गरेको भन्दै बलात्कार घटनामा भएको ८ वर्ष कैदमा थप ६ महिना कैद थप भएको बताइएको छ ।
गाउँकै एक नजिक जङ्गलमा ०८० असार २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले असार २४ गते गिरफ्ता गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण असार २४ गते जिल्ला अस्पतालमा भएको थियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले साउन ९ गते दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएकोमा साउन १० गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश लम्सालको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।