सुर्खेत ।सल्यानमा तरबार प्रहारबाट दुई जना घाइते भएकाछन्। शारदा नगरपालिका–१, स्थित श्रीनगर बजारको बसपार्कमा शारदा यातायात प्रा.लि. र सल्यान रुकुम यातायात प्रा.लि.का कर्मचारी बीच गाडी रोक्ने विषयमा विवाद उत्पन्न भएपछि तरबार प्रहार भएकाे प्रहरीले बताएकाे छ ।
विवादको क्रममा शारदा यातायातका इन्चार्ज, २५ वर्षीय शिव प्रसाद कुँवरले लुकाइछिपाइ ल्याएको तरबार प्रहार गर्दा सल्यान रुकुम यातायातका ४४ वर्षीय प्रशासकीय इन्चार्ज शालिकराम डाँगीलाई चोट लागेको छ ।
डाँगीको दाहिने हातको पाखुरा र बाँया हातको हत्केलामा चोट लागेको छ ।यस्तै कुँवरको टाउको र निधारमा चोट लागेको र शारदा मेट्रो अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए।