Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

मुगु कर्णालीकै पहिलो साक्षर जिल्ला घोषणा  

By आयो रैबार संवाददाता८ आश्विन २०८१, मंगलवार ०२:३८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

खड्क सुनार , मुगु । हिमाली जिल्ला मुगु ६५ औं जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मुगु जिल्ला लाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

मुगु जिल्लामा रहेका १ नगरपालिका र ३ गाउँपालिका गरि ४ स्थानीय तह छन । सबै  स्थानीय तह यस अघि साक्षर घोषणा भए संगै सोमबार मुगु जिल्ला लाई देशकै ६५ औ जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा गरीएकोे छ । मुगु साविक कर्णालीका ५ जिल्ला मध्ये पहिलो साक्षर जिल्ला घोषणा हुन सफल भएको छ ।

छायांनाथ रारा नगरपालिका ९६।२५ प्रतिशत, सोरुमा गाउँपालिका ९६।५ प्रतिशत मुगुमकारमारोङ गाउँपालिका ९५ प्रतिशत र खत्याड गाउँपालिका ९६। प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ । साक्षर हुन तोकिएका सूचकहरु पूरा भएपछि साक्षर जिल्ला  घोषणा गरिएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी ,जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्की ,छायांनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भाम लगायत  पालिका प्रमुखहरुले सामुहिक प्रतिवद्धता सहितको हस्ताक्षर ब्यानारमा हस्ताक्षर गदै मुगु जिल्ला लाई  साक्षर घोषणा गरेका छ्न ।

तोकिएका १२ सूचकहरुमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधान अनुसार छायाँनाथ रारा नगरपालिका लाई गत असोज २ गते खत्याड गाउँपालिका र मुगुमकामारोङ्ग गाउँपालिका लाई असोज ४ गते र सोरुगाउँपालिका लाई असोज ५ गते गरी चार वटै स्थानीय तह साक्षर घोषणा पछि सोमबार मुगु जिल्ला लाई नै साक्षर जिल्ला घोषणा गरिएको छ ।

नेपालको जनगणना २०७८ अनुसार मुगुमा कुल जनसंख्या ६४ हजार ५ सय ४९ रहेको छ जनसंख्या रहेको छ । जसमा मुगुमा ९५ प्रतिशत नागरिक साक्षर रहेको जनाईएको छ  ।

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावनाहरु व्यक्त गर्न सक्ने जस्ता १२ सूचकहरु पूरा भएपछि पालिका तथा  जिल्लालाई  साक्षर घोषणा गर्ने नीति अनुरुप मुगु जिल्लाको साक्षरता सुचक ५० प्रतिशत भन्दा माथी पूरा भएकाले  साक्षर जिल्ला घोषण गरिएको जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्कीले बताए । उनका अनुसार
गत भाद्र ३० गते जिल्ला सभाको बन्द सत्रमा पालिका हुदै जिल्ला लाई साक्षर जिल्ला घोषण गरीने निर्णय बमोजि मुगु जिल्ला साक्षर जिल्ला घोषणा गरीएको समन्वय प्रमुख कार्कीले बताए ।

हिजो गाउ घरमा प्रदेशबाट आफन्तहरुले पठाएको चिठी पढनका लागि गाउँ गाउँमा पढेको मान्छे खोज्दै हिडनु पर्ने अवस्था थियो । तर अहिले त्यो अवस्था छैन,महिला दिदी वहिनिहरु कोहि साक्षर थिएनन, कतै बजार तिर जादा सामानहरुको मूल्य अनुसार नगद दिन सक्ने साक्षर थिएनन आज सबै जान्न सक्ने भएका छन नेपाल शिक्षक महासङ्ग मुगुका अध्यक्ष विष्णुमाया भामले भने ।

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले छायाँनाथ रारा नगरपालिका जिल्लाकै पहिलो साक्षर पालिका बनाउन सफल भएको बताएका छन । घोषणाले मात्र नभई छायाँनाथ रारा नगरपालिकामा ५ वटा सामाुदायिक सिकाई केन्द्र स्थापाना भएका छन । त्यसै अनुरुप अध्ययनका क्रियाकलाप अगाडी बढाई छायाँनाथ रारा नगरपालिकाका लाई सत प्रतिशत साक्षर बनाउने योजनामा रहेको नगर प्रमुख भामले बताए ।

संघीयता बारे तथ्य बाहिर गएर अफवाह फैलाइएको छ । वास्तवमा देश संघियतामा गएदेखी गाउँ गाउमा विकासको लहर छाएको छ । जनताहरुले गलत कार्यको स्वतन्त्र पुर्वक विरोध गर्न पाएका छन,दुर्गम गरिव निमुखा  जनताका छोरा छोरीले राज्यको राजनैतिक र प्रशासनिक नेतृत्व गर्न पाएका छन । 

जिल्ला अस्पतालमा एमजिडिपी अभाव छ प्रदेश सरकारले एमजिडिपी चिकित्सक खोजी रहेको छ तर पाउन सकेको छैन भएका एमजिडिपी चिकित्सकहरु दुर्गममा आउन चाहदैनन सुगमनै रोज्छन । दुर्गम जिल्लाको स्वास्थ्य,शिक्षाका विभिन्न क्षेत्रको गुणात्मक सुधारका लागि आफुले कर्णाली प्रदेश सरकारमा उपलब्धीमुलक कार्यमा ध्यान दिने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता व्यक्त गर्नु भयो ।मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएसङ्गै देशका ६५ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन भने अझै १२ जिल्ला साक्षर  जिल्ला घोषणा हुन बाँकी छन । 
 

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति