सुर्खेत। गर्भवती भएका महिलाहरुलाइ स्वास्थ्य संस्थामा पहुँच स्थापना गराउन वीरेन्द्रनगर नगरपालिकाले ‘हेलो गर्भवती आमा’ कार्यक्रम शुरुवात गरेको छ।नगरपालिकाले साेमबार वीरेन्द्रनगर–२, मा रहेको दौलतपुर शहरी स्वास्थ्य केन्द्रबाट यो कार्याक्रमको शुरुवात गरेको हो।नगर प्रमुख मोहनमाया ढकालले एक गर्भवती आमालाइ फोन गरेर स्वास्थ्य अवस्थाको जानकारी लिदै कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।
नगरपालिकाले अवदेखी गर्भवती आमाहरुलाइ फोन गरेर स्वास्थ्य अवस्थाको जानकारी लिने, सुरक्षित सुत्केरी हुने अवस्था, गर्भ अवस्थामा गर्नुपर्ने चेकजाँच लगाएका बारेमा अबदेखी फोनबाटै जानकारी गराउने भएको छ।नगरपालिकाले थालेको यो अभियान नगरका १६ वटै वडामा रहेका पाँच हजार गर्भवती आमाहरुमा लागु गरिने स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र गिरीले जानकारी दिए।
गिरीले सामान्यतया एक गर्भवती महिलाले ८ पटकसम्म गर्भ जाँच गराउन स्वास्थ्य संस्थामा पुग्नु पर्ने भएनी महिलाहरु नआउने गरेको पाइएकाले यस्तो कार्यक्रम ल्याएको बताए।उनले गर्भअवस्थामा चार पटक अनिवार्य स्वास्थ्य संस्थामा पुग्नुपर्ने हुन्छ।तर कतिपय महिलाहरु चेकजाँचको लागी नपुग्ने गरेकाले हेलो गर्भवती आमा कार्यक्रम सञ्चालन गरिएको र यसले कार्यक्रमलाइ थप मद्धत गर्ने बताए।
यसैबीच नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखिनिय काम गरेको बताएको छ।नगरपालिकाले २१२ जना गर्भवती महिलाको निशुल्क भिडियो एक्सरे, २८४ जना सत्केरी हुने महिलालाई निशुल्क एम्बुलेस सेवा उपल्बध गराइएको जनाएको छ ।
यस्तै प्रत्येक वडामा भिआइपी शिविर सञ्चालनबाट २ हजार ७ सय ५३ जनाले सेवा लिएका छन भने विपन्न नागरिकलाई निशुल्क विमाबाट ३३९ जनाले सेवा लिएका छन।नगरपालिकाले थारु समुदायमा मात्रै लाग्ने सिकलसेल एनिमिया रोगको परिक्षण,निशुल्क सेनेरेटीप्याड,स्वास्थ्य विमा लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको बताए।
यसैबीच कार्यक्रमलाईसम्बोधनगर्दै नगर प्रमुख मोहनमाया ढकालले नगरले स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखेर काम थालेको बताइन्।उनले आमा स्वस्थ भएपछि मात्रै बच्चा स्वस्थ रहने भएकाले नगरपालिकाले स्वास्थ्यसंग सम्बन्धित यस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको बताइन्।
नगर प्रमुख ढकालले ‘हेलो गर्भवती आमा” कार्यक्रम नयाँ र प्रभावकारी हुने विश्वास व्यक्तगर्दै वीरेन्द्रनगरबाट शुरुभएको यो कार्यक्रम अन्य क्षेत्रमा समेत लागु हुने उल्लेख गरिन्। यो कार्यक्रमले गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा आउने वातावरण समेत सृजना हुने विश्वास व्यक्त गरिन्।यस अघि पनि वीरेन्द्रनगर नगरपालिकाले आमा एप्स सञ्चालन गरेर सेवा दिएको थियो।नगर प्रमुख ढकालले आफुहरुको योजना स्वास्थ्य सेवालाइ गुणस्तरीय बनाएर जनतालाइ सेवागर्ने रहेको उल्लेख गर्दै त्यही अनुसार समेत भइरहेको उल्लेख गरिन्।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्राद जैसी, कार्यापालिका सदस्य नवराज गुरुङ्ले स्वास्थ्य सगै अन्य सेवालाई प्रभावकारी बनाउदै गएको बताए।पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल लगायतले नगरपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा फड्कोमार्दै गएको भन्दै अझै प्रभावकारी सेवा प्रदानगर्न सुझाँव दिए।कार्यक्रम वडा नम्बर २ का अध्यक्ष गजबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको हो।