Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

लोकसंस्कृति जगेर्ना गर्न सुर्खेतमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै

By आयो रैबार संवाददाता२१ कार्तिक २०८१, बुधबार १२:२६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत र युवालयको संयुक्त आयोजनामा बृहत सांगितिक कार्यक्रम विहिबार वीरेन्द्रनगरमा रहेको सिटिहलको प्राङ्गणमाहुने भएकाे छ ।कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्ने उद्देयश्यका साथ बृहत सांगितिक कार्यक्रम गर्न लागिएको दोहोरी गीत प्रतिष्ठान सुर्खेतका उपाध्यक्ष कविराज गिरीले बताए ।

बुधबार बिहान वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलन मार्फत उनले कार्यक्रमबारे जानकारी दिएका हुन् । युवालयका सहयात्रा परियोजना संयोजक पुजा कार्कीका अनुसार परियोजनामा जोडिएर युवाहरूले लिएका कक्षामा सिकेका नृत्य तथा संगितहरूसबै सामु प्रस्तुत गर्न लागिएको हो । लोक संस्कृति जगेना गर्ने भनि चलिरहेको यस परियोजनाबाट कक्षा लिइरहेका युवाहरूले मारुनी, टप्पा, स्याउरे, कौडा नृत्य प्रदर्शन गर्ने र संगितको कक्षामा सिकेका पञ्चेबाजा, झ्याली, कनाल, सहनाई, दमाहा) पनि बजाएर सबै सामु प्रस्तु्त गर्ने तालिका रहेको उनले बताइन् ।


‘यस कार्यक्रमबाट युवाहरूले सिकेका कलाहरू आम नागरिकका सामु प्रदर्शन गर्ने भएकाले यसबाट आत्मबल बुद्धि गर्न सकुन भन्ने हो । साथै, मौलिक कला र संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्न युवाका भुमिकालाई महत्वपूर्ण स्थान दिनका खातिर समेत यस कार्यक्रम आयोजना गरिएको हो’ कार्कीले भनिन्, ‘आगामी दिनमा उनीहरूले सिकेका कलालाई प्रदर्शन गर्दै आयआर्जनमा जोडिन टेवा पुगोस् भन्ने अपेक्षाका साथ यस कार्यक्रम गर्न लागिएको यहाँहरूलाई जानकारी गराउन चाहान्छौ ।’ यस कार्यक्रमलाई सफल बनाउन सबैबाट सहयोगको अपेक्षा राखिएको समेत परियोजना संयोजक कार्कीले बताइन् । उनका अनुसार किशोर–किशोरी तथा युवाका क्षेत्रमा एक दशकदेखि कार्यरत पूर्व बालक्लब सदस्यहरूद्वारा गठन गरिएको सस्था युवालयले राष्ट्रिय रुपमा कार्य गर्दै आइरहेको छ ।

जसले युवाहरूको नयाँ र उदायमान सवालमा उनीहरूलाई चासो उत्सुकता जगाउने, युवाहरूका मुद्धालाई सामूहिक रुपमा वकालत गर्ने, युवाहरूको शिक्षा, प्राविधिक, वित्तिय सीप तथा मानव अधिकारको साथ किशोर–किशोरी र एवालाइ सशक्त गराउने उद्देश्यका साथ स्थापित गर्न वकालतः तथा पैरवी गर्ने एक गैह्र सरकारी संस्था हो । युवा विकास गतिविधि र मुद्धाहरूलाई युवालयले प्रमुख दायित्वका रुपमा लिएर अगाडी बढिरहेको छ । हाल युवालयले, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका केही पालिकाहरुमा युवा विकास गतिविधि गरिरहेको युवालयका अध्यक्ष धर्मराज रिमालले बताए ।


यसै अन्तर्गत “युवासँगको हाम्रो सहयात्रा” परियोजनामार्फत दैलेख (भगवतीमाई गाउँपालिका र डुङ्गेश्वर गाउँपालिका) र सुर्खेत (वीरेन्द्रनगर) तथा सुदूरपश्चिमको (लम्कीचुहा नगरपालिका)मा युवाहरुमा उत्सुकता जगाउने, उनीहरुका मुद्दाहरुलाई सामूहिक रुपमा वकालत गर्ने, शैक्षिक, प्राविधिक, वित्तीय सीप तथा मानव अधिकारको साथै किशोर–किशोरी र युवालाई सशक्त गराउँदै आएको जनाइएको छ ।

यस परियोजनाले विशेषगरी स्थानीयस्तरमा रहेका मौलिक तथा लोक संस्कृति जगेनां गर्दै युवाहरूलाई आयआर्जनको क्षेत्रमा अग्रसर गराउन युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । जसका लागि स्थानीय पालिका, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाहरु लगायतसंग समन्वय तथा सहकार्य गर्दै विभिन्न मौलिक बाजा, संगित एवम् नृत्यहरूमा युवाहरूलाई अग्रसर गराउने सम्बन्धी कक्षा सञ्चालन गर्दै आइरहेको छ । यस परियोजनालाई कोरियाको Entertainmnent कम्पनी Yg\ Entertainment ले आर्थिक सहयोग गरेको छ भने अक्सफामले प्राविधिक सहयोग गरेको युवालयका अध्यक्ष रिमालले बताए।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

६ असार २०८२, शुक्रबार ११:२३

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

६ असार २०८२, शुक्रबार ११:०४

नदी नै जीवन, नदी नै पीडा

६ असार २०८२, शुक्रबार ०८:३२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति