• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » पाठ्यपुस्तक नहेरी सकिँदै शैक्षिक सत्र
कर्णाली

पाठ्यपुस्तक नहेरी सकिँदै शैक्षिक सत्र

By १६ कार्तिक २०७७, आईतवार ११:२७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
प्रतिकात्मक तस्वीर ।
Share
Facebook Twitter LinkedIn Pinterest Email

जाजरकोट । चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ । 

तर, बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ, यो भनाइ हो– डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित तापिरिचा माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम शर्माको ।

१६ शिक्षक कर्मचारीको नेतृत्व गदै उनी २०६१ सालदेखि अहिलेसम्म सो ठाउँमा कार्यरत छन् । पर्वतमा घर भएका शर्मालाई कत्ति समस्या आए, कति सजिलो भयो विकटमा पढाउँदा त्यसको कुनै हिसाबकिताब नै छैन । तर, उनी आफ्नो कर्मप्रति सन्तुष्ट छन् । अहिले कोभिडका कारण आफ्नो क्षेत्रभित्र रहेका विद्यार्थीलाई उपलब्ध जनशक्ति प्रयोग गरी गाउँगाउँमा परिचालित भई सामान्य पढाउने काम भएको बताउँछन् । 

उनले भने, ‘अब शैक्षिक सत्र सकिने समय भइसकेको छ । केही समयमै हिमपात शुरु हुन्छ, घरबाहिर जान नै मुस्किल हुन्छ ।’ केही संघसंस्थाको सहयोगमा सो विद्यालयमा शिक्षक व्यवस्था गरिएको छ । सरकारी दरबन्दी र संघसंस्थाको सहयोगमा कार्यरत शिक्षकको भरमा उपल्लो डोल्पाका विद्यालय सञ्चालनमा छन् ।

आवश्यक सामग्री दुनैबाट खच्चडमा ल्याउने गरिन्छ । केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर उपल्लो डोल्पामा बस्न बाध्य हुन्छन् । सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि अन्य सुविधाबाट उपल्लो डोल्पाका बालबालिका हिमपातको समयमा सेवाविहीन भएर बसिरहेको प्रधानाध्यापक शर्माले बताए । जिल्लाभित्र प्राकृतिक नाकाबन्दी हुँदा चाहेको कामसमेत गर्न नसकिने अवस्था रहेको शर्माको पीडा छ ।

अघिल्लो वर्ष केही काम गर्न सकिएको भए पनि यो वर्ष भने विद्यालय खुल्ने समयमा लकडाउन हुँदा पढाइ रोकियो तर सरकारले विद्यालय खोल भनी आग्रह गरेको समयमा प्राकृतिक नाकाबन्दी भयो । उपल्लो डोल्पाको शैक्षिक सत्र खेर गएको उनको भनाइ छ । अहिले अधिकांश विद्यालय बन्द छन् । आवासीय विद्यालयमा समेत विद्यार्थी नहुँदा पढाइमा समस्या भएको छ । बाहिर जिल्लामा भएका शिक्षकहरु आउन पाएका छैनन्, जिल्लाभित्र रहेका शिक्षकले केही काम गरिरहेको बताइन्छ ।

कयौँपटक आफ्नै विद्यार्थी बिरामी हुँदा उपचारमा समेत सकस परेको घटनाले शर्मालाई झस्काउने गर्दछ । नजिकै स्वास्थ्य संस्था नहुनु र भएका स्वास्थ्य संस्थामा समेत पर्याप्त औषधि नहुँदा आफूजस्तै धेरै शिक्षक हैरान भएको उनको भनाइ छ । उपल्लो डोल्पाको मौसमसँग पौँठेजोरी खेल्दै सो अनुकूल आफूलाई रूपान्तरण गर्नु चानचुने कुरा नभएको उनको भनाइ छ । आफूले पढाउने विद्यालयभन्दा माथि छार्का र डोल्पोबुद्धका विद्यालयमा पढाउने शिक्षकको झनै समस्या भएको उनले बताए । 

भाषा नमिल्ने अर्को समस्या त छँदैछ तर यहाँको हावापानीसँग आफूलाई अभ्यस्त गराउनु सबैभन्दा ठूलो चुनौती छ । आफ्नै उत्पादनले थोरै महिना मात्र पुग्ने उपल्लो डोल्पामा बाहिरबाट गएर पढाउने शिक्षकहरुले कसरी खाद्यान्न आपूर्ति गर्ने भन्ने ठूलो समस्या रहँदै आएको छ । चिसो मौसममा व्यवस्थापनको समस्याले गर्दा प्रहरी चौकीसमेत दुनैमा सार्ने गरिन्छ । अहिले विद्यार्थीको संख्या यति नै छ भनेर यकिन तथ्याङ्क नै नभएको शिक्षा समन्वय एकाइ डोल्पाले जनाएको छ ।

अहिले उपल्लो डोल्पामा खाद्यान्न संकटसमेत देखापरेको छ । बर्सेनि आयातित अन्न खाएर जीवन चलाउने उपल्लो डोल्पावासी अघिल्लो वर्षकै चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपल्लो डोल्पामा ढुवानी गर्न नसक्दा समस्या हँुदै आएको छ । यो वर्ष अब हिमपात शुरु हुने भएकाले हप्ता दिनभित्र चामल ढुवानी नभए प्राकृतिक नाकाबन्दी शुरु हुने गर्दछ । प्रकृतिले नै नाकाबन्दी गरेपछि कसरी विद्यालयमा पढाइ हुनु ? स्थानीयवासीको प्रश्न छ ।

फागुनदेखि शैक्षिक सत्र शुरु हुने कर्णालीका हिमाली जिल्लाका विद्यालयमा दशैँअघि नै विद्यार्थी अर्धवार्षिक परीक्षा भ्याएर अन्तिम परीक्षाको तयारीमा हुन्थे । पाठ्यक्रम पनि आधाभन्दा बढी गइसकेको हुन्थ्यो । विश्वव्यापी कोरोना सङ्क्रमणको महामारीका कारण विद्यार्थीले किताबको पाना पल्टाउन नपाएरै नौ महिना बितेको छ ।

कर्णालीका हिमाली भेगका विद्यार्थीलाई नपढेरै शैक्षिक सत्र सकिन लाग्दा यस्तै चिन्ताले सताउने गरेको छ । साविक कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पाका पूरै तथा कालिकोटको तिलागुफा नगरपालिका र महाबै गाउँपालिकाका विद्यालयमा फागुनदेखि शैक्षिक सत्र शुरु हुन्छ । कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार फागुनदेखि शैक्षिक सत्र शुरु हुने ५९६ विद्यालयमा करिब ९५ हजार विद्यार्थी अध्ययनरत छन् ।

फागुनदेखि शैक्षिक सत्र शुरु हुने विद्यालयमा भदौ अन्तिम साता अर्धवार्षिक परीक्षा हुन्छ । दशैँतिहारलगत्तै करिब एक महिना पढाइ भएपछि मंसिर अन्तिम साता वार्षिक परीक्षा हुन्छ । पुस १५ सम्म वार्षिक परीक्षाको नतिजा प्रकाशन गरी फागुनसम्मका लागि हिउँदे बिदा दिने गरिन्छ । यस हिसाबले हेर्दा तिहारपछि विद्यालय खुलिहाले पनि हिमाली विद्यालयहरूसँग पढाइ र परीक्षाका लागि एक महिना पनि समय छैन ।

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति