काठमाडाैं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ लाख नाघेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको आरोप लगाए । चीनले भने ट्रम्पको आरोपको कडा प्रतिवाद गरेको छ ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ६८ लाख भन्दा बढी पुगेको छ । अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश हो ।
नर्थ डकोटा, युटालगायत थुप्रै राज्यहरूमा सङ्क्रमितको सङ्ख्या बढिरहँदा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ ।