• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णाली प्रदेशको कलह उत्कर्षमा, दुवै पक्षले बोलाए बैठक
ताजा समाचार

कर्णाली प्रदेशको कलह उत्कर्षमा, दुवै पक्षले बोलाए बैठक

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२७ आश्विन २०७७, मंगलवार ०३:४६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि राष्ट्रिय राजनीति नै तरंगित बनेको छ ।

यसबारे केन्द्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भए पनि सहमति जुटेन । प्रदेश राजधानी वीरेन्द्रनगरमा पनि सोमबार दिनभरजसो दुई समूहबीच छलफल चल्यो । तर, दुवै समूह आ–आफ्नो अडानमा टसमस भएनन् । सहमतिमा आउनुको साटो दलको विवाद झनै उत्कर्षमा पुगेको मुख्यमन्त्री शाही निकट एक सांसदले बताए ।

‘यो विषयलाई सुल्झाउन हामीले लगातार दुईदिन प्रयास गर्यौं,’ ती सांसदले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘विबाद सुल्झिनुको साटो झनै उत्कर्षमा पुगेको छ । प्रयास जारी छ हेर्दै जाउँ के हुन्छ ।’

सरकारले सहमति खोज्नुको साटो नियुक्ति दिँदै हिँड्नुले झनै ठूलो समस्या खडा गरेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सांसद ठम्मर बिष्ट बताउँछन् । ‘दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेताले विश्वास जित्नुपर्नेमा झनै अविश्वासको वातावरण बनाउँदै जानुभएको छ,’ उनले भने, ‘यसले उपयुक्त निकास दिँदैन । अब अर्को बैठकमै थाहा हुन्छ ।’

मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका गुलाबजङ शाहलाई प्रमुख सचेतकबाट हटाएर सोको जिम्मेवारी सीता नेपालीलाई दिएका थिए ।

‘केन्द्रको आदेश अमान्य’

नेकपा कर्णाली प्रदेशको संसदीय दलको विवाद मिलाउन केन्द्रले जस्तोसुकै प्रयास गरेपनि आफूहरुलाई मान्य नहुने हस्ताक्षरकर्ता सांसदहरु बताउँछन् । ‘यो प्रदेशको आन्तरिक मामिला हो । यसमा केन्द्रले हस्तक्षेप नगर्दा नै राम्रो हुन्छ,’ एक भने, ‘यदि माथिको आदेश आएपनि हामी मान्न तयार छैनौं ।’

पछिल्लो २४ घण्टामा बालुवाटार, खुमलटारबाट सयौं फोनहरु आए पनि कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने हस्ताक्षरकर्ता एक सांसदले बताए ।

‘दलको नेतालाई विश्वास दिलाउनुप¥यो भनेर अविश्वास दर्ता गर्दा पार्टी एकता विरोधी, संविधान बिरोधी भन्न मिल्छ ? हामीले के कांग्रेससँग मिलेर सरकार बनाउन लागेको हो र ?, उनले भने, ‘हामी हाम्रो अडानमा अडिक छौं ।’

सांसद सुशील थापाले अधिकार सम्पन्न प्रदेशको संसदीय दल भएकाले आफूहरूले अधिकार प्रयोग गरेर मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेकाले यससम्बन्धी केन्द्रबाट सहजीकरण मात्र गर्न सकिने बताए ।

दुवै पक्षले बोलाए छुट्टाछुट्टै बैठक

दलका नेताविरुद्ध सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै दलको बैठक पनि दुवै पक्षले छुट्टाछुट्टै बोलाएका छन् ।

शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार प्रमुख सचेतक गुलाबजङ शाहले मंगलबार १ बजेका लागि दलको बैठक बोलाएका थिए ।

तर, शाहले बोलाएको बैठक बस्न नपाउँदै मंगलबार नै उनलाई मुख्यमन्त्री शाहीले जिम्मेवारीबाट हटाएर सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।

नेता शाहीले पदमुक्त गरेका प्रमुख सचेतक शाहले मंगलबार दिउँसो १ बजे बैठक बोलाएका छन् भने सोमबारै प्रमुख सचेतक नियुक्त भएकी सीता नेपालीले पनि बैठक बोलाएकी छन् ।

तर उता शाहले भने मंगलबार दिउँसो एक बजे आफनो नेतृत्वमा बैठक बस्ने र निर्णय पनि गर्ने बताए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरू शाहकै अध्यक्षतामा बैठक बस्ने बताउँछन् । हस्ताक्षरकर्तामध्येका एक सांसद धर्मराज रेग्मीले मुख्यमन्त्री एवम् दलका नेता शाहीकै रोहबरमा प्रमुख सचेतक शाहलाई अविश्वासको प्रस्ताव बुझाएकाले शाहकै अध्यक्षतामा बैठक बस्ने बताए ।

‘दलका नेता र प्रमुख सचेतकसँगै रहेका बेला हामीले आइतबार अविश्वासको प्रस्ताव बुझाएका हौं । प्रमुख सचेतकले बैठक आह्वान गरिसकेकाले मंगलबार बैठक बस्छ । हामी सहभागी हुन्छौं,’ उनले भने ।

‘अराजकता सुरू भयो’

मुख्यमन्त्री शाही पक्षधर सांसद गोपाल शर्मा भने संसदीय दलको नेताविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु राजनीतिक अराजकता भएको बताउँछन् । ‘जनताले स्थिरताको अपेक्षा गरेका छन् । हामी अस्थिरता सिर्जना गर्दै छौं ।  यो राजनीतिक अराजकता हो,’ उनले भने ।

सरकारका कमीकमजोरीको आलोचना गरेर अगाडि बढ्नु पर्नेमा बरिष्ठ भनिएकाहरूबाटै यस्तो कार्य हुनु गलत भएको अर्का एक सांसदले बताए ।

‘वरिष्ठ भनिएकाहरूबाटै यस्ता काम हुनु अराजकता हो । यो अहिलेको समयमा सान्दर्भिक होइन,’ उनले भने, ‘सांसदहरूको काम सरकार ढाल्ने र बनाउनेमात्र हैन । रचनात्मक काम गर्ने पनि हो ।’ अनलाइनखबर

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति