• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णालीमा लैङ्गिक हिंसा विरुद्धको नयाँ परियोजना शुभारम्भ
कर्णाली

कर्णालीमा लैङ्गिक हिंसा विरुद्धको नयाँ परियोजना शुभारम्भ

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२९ आश्विन २०७७, बिहीबार ०२:५१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्बन्धित प्रदेश तथा स्थानीय
निकायसँगको समन्वयमा नेपालका लागि यूरोपियन यूनियन प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसंघीय
जनसब्ख्या कोष (यूएनएफपिए) ले प्रदेश नं दुई र कर्णाली प्रदेशमा लैङ्गिक हिंसा विरुद्धको परियोजना
आजबाट शुभारम्भ गरेका छन्।
कोभिड–१९ को संकटका कारण महिला तथा किशोरीहरु लैङ्गिक हिंसाकोबढ्दो जोखिममा निरन्तर रहेको
परिस्थितीमा परियोजनाले ७ वटा नगरपालिकामा लैङ्गिक हिंसा पीडितलाई महत्वपूर्ण सेवाहरुको प्रावधानको
सुनिश्चितता गर्नेछ । परियोजनाले तत्काल प्रतिकार्य सेवाहरु मध्येका एकद्धार संकट व्यवस्थापन केन्द्र,
मनोसामाजिक सेवा र आवासकोपहुँचमा सहयोग गर्नेछ । सर्वसाधारण एवं नागरिक समाजसँग हातेमालो
गर्दै परियोजनाले कोभिड–१९ महामारीलेनिम्त्याएका चुनौति र पहिल्यै देखा परेका खाडललाई सम्बोधन
गर्दै लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्य प्रयासहरुलाई सुदृढिकरण र वढावा गर्नेछ ।
“नेपाल सरकारको सुखी नेपाली सम्बृद्ध नेपाल लक्ष्यलाई साकार पार्ने प्रयासमा लैङ्गिक हिंसा एउटा मुख्य
बाधकको रुपमा रहिआएको तथ्य सबैमा सर्बविदितै छ । हाल कोभिड–१९ संक्रमणको असर संगै लैङ्गिक
हिंसाका घटनाहरु नेपालमा मात्र होइन, विश्वभर नै बढिरहेका तथ्यांकहरु सार्वजनिक भैरहेका छन् ।
लैङ्गिक हिंसाको अवस्थालाई अन्त्य गर्न एवं घटनाहरुलाई रोकथाम र नियन्त्रण गर्न सम्बद्ध सबै पक्षबाट
थप तथा सहकार्यात्मक प्रयास आजको आवश्यकता हो,” कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय
मन्त्री माननीय दल रावलले भन्नु भयो । “यसै सन्दर्भमा यूरोपियन यूनियनले नेपालका प्रदेश नं २ तथा
कर्णाली प्रदेशमा दुई वर्षे परियोजना सञ्चालन गर्नका लागि यूएनएफपिएलाई आर्थिक सहयोग प्रदान
गरेको सुन्न पाउदाँ मलाई खुसी लागेको छ । यस परियोजनाले एकद्धार संकट व्यवस्थापन केन्द्रको
प्रभावकारितालाई बढाउने छ जसबाट यी दुई प्रदेशमा हुने लैङ्गिक हिंसाको अन्त्यका लागि तथा
घटनाहरुलाई सम्बोधन गर्नका लागि प्रदान गरिने सेवाहरु थप प्रभावकारी हुने छन्। म कर्णाली प्रदेश
सरकारकोतर्फबाट यस परियोजनाको सफलताको कामना गर्दछु ।”
“विभिन्न हानिकारक अभ्यासहरु र लैङ्गिक हिंसा समुदायमा जल्दो बल्दो समस्याका रुपमा रहेको छ ।
तथ्याङ्कले कोभिड–१९ महामारीमा प्रदेश २ मा सबैभन्दा बढी बाहिर आएका लैङ्गिक हिंसाका घटना
देखाएकोछ,” प्रदेश २ सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास विभाग प्रमुख देवकुमारी

खत्रीले भन्नु भयो। “महिला तथा किशोरी विरुद्धको हिंसालाई सम्वोधन गर्न समग्र र एकीकृत अवधारणा
आवश्यक छ । यसैले प्रदेश सरकार लैङ्गिक हिंसा अन्त्यका लागि वाह्य विकास साझेदारसँग काम गर्न
चाहन्छ ।”
राष्ट्रिय तथ्याब्कले देशमा लैङ्गिक हिंसाको गम्भीर अवस्था चित्रण गर्दछ । १५ देखि ४९ वर्ष उमेर समूहको
प्रत्येक ५ जना महिला मध्ये १ जनाले १५ वर्षको उमेरदेखि शारीरिक हिंसा भोगेको पाइएको छ भने ४
जना विवाहित महिला मध्ये कम्तीमा १ जनाले श्रीमान्बाट शारीरिक, यौनिक वा भावनात्मक हिंसा भोग्ने
गरेका छन्। उमेर नपुग्दै विवाह गर्ने जस्तो हानिकारक प्रचलनहरुले महिलालाई अप्रत्याशीत रुपमा असर
गर्ने गरेको छ । महिला र पुरुष दुवैलाई विवाह गर्ने कानुनी उमेर २० वर्ष भएपनि सन्२०१६ मा देशभर
१८ वर्ष उमेर अगाबै विवाह गर्ने ११ प्रतिशत पुरुषको तुलनामा ४० प्रतिशत महिलाहरु रहेका थिए ।
महामारी बढिरहेको अवस्थामा तथ्याब्कले देशैभरि लैङ्गिक हिंसा बढिरहेको संकेत गरेको छ । कर्णाली र
प्रदेश २ मा कोभिड–१९ संक्रमण दर र लैङ्गिक हिंसाका घटनाहरु दुवैउच्च छन्। दुबै प्रदेशमा लैङ्गिक
हिंसा प्रतिकार्य सेवाको उपलब्धता सम्बन्धमा गरिएकोद्रुत लेखाजोखाले गम्भीर अपुगताको संकेत गरेको
छ ।
“महिला र किशोरीको संरक्षण यूरोपियन यूनियनको प्राथमिकता हो र आपत्कालिन परिस्थितिमा यो
जीवन वा मरणको कुरा हुनसक्छ,” नेपालका लागि यूरोपियन यूनियनका प्रतिनिधिमण्डलका राजदुत श्री
नोना डेप्रेजले भन्नु भयो । “यस महामारीले महिला र किशोरीलेभोग्ने गरेको जोखिमलाई थप उजागर
गरेको छ । विषेशगरी, पहिले नै बहिष्कृत भएकाहरु थप सिमान्तकृत्र अधिक जोखिममा पर्ने गरेका छन्
। उनीहरुको आवश्यकतालाई सम्वोधन गर्नु पहिले भन्दा अझै जरुरी भएको छ ।”
यूरोपियन यूनियनबाट ७००,००० युरो आर्थिक सहयोग गरिएको यो परियोजना यस्तो समयमा शुभारम्भ
भएको छ जतिबेला सामाजिक क्षेत्रलाई उत्थानशील बनाउनुका साथै महिला तथा किशोरीलाई विभिन्न
प्रकारका हिंसाबाट संरक्षण र हिंसा पीडितलाई न्याय दिलाउनु पर्ने टड्कारो आवश्यकता सबैको ध्यानमा
आएको छ

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति