सुर्खेत । कर्णालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्र नगरपालिका- ९ सुर्खेतका ४२ वर्षीय पुरुष रहेका छन् ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार १० दिनअघि ज्वरो आएर टाइफाइडको सुई लगाएका उनलाई निको नभएपछि ३० असोजमा प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कडेलले जानकारी दिए ।
योसँगै कर्णालीमा प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।