धनगढी । डडेल्धुरा । कैलालीमा डिउटीमा खटिएका दुई प्रहरी वेपत्ता बेपत्ता भएका छन्। धनगढी उप–महानगरपालिका–१२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्दबहादुर साँउद र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि वेपत्ता भएका हुन्।उनीहरु दुवै जना डिउटीमा खटिएका बेला वेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले जानकारी दिए। चौकीबाट मोटरसाइकलमा राति ८ः३० बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजेदेखि सम्पर्क विहीन भएको बताइएको छ। आइतबार बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीव तीन किमीको दूरीमा रहेको मोहना नदीमा एक जनाको शव फेला परेको प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए। नदीमा घोप्टो अवस्थामा रहेको शवको पहिचान भने नभएको उनको भनाइ छ। उक्त शव वेपत्ता प्रहरीकै हुनसक्ने अनुमान गरिएको छ। तस्करहरुसँगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका प्रहरीको छ।