सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १२ जना संक्रमित थपिएक हुन् ।
संक्रमित हुनेहरुमा दैलेखका पाँच, रुकुमपश्चिमका तीन, सुर्खेतका दुई, जाजरकोटका एक र अन्य प्रदेशका एक जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । उनकाअनुसार योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार आठ सय ६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७८ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको संख्या पाँच हजार ३६ पुगेको कंडेलले बताए । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।