सुर्खेत, १ असोज । कर्णालीका चार जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । कर्णालीका १० जिल्लामध्ये कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला भएका हुन् ।
कालिकोट एक सय, हुम्ला नौं, मुगु १३ र डोल्पा ५ जनामा कोरोना संक्रमण देखिएको र ती सबैमा कोरोना संक्रमण निको भएर घर फर्किसकेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुुर शाहीले बताए । ‘कर्णालीका चार जिल्लामा कोरोना पछिल्लो समय कोरोना संक्रमणको पुष्टि भएका छैन् ।’ उनले भने,‘ती जिल्लाहरु कोरोना संक्रमणमुक्त भएका छन् ।’
कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २९१४ रहेको र त्यसमध्ये संक्रमण निको हुनेको संख्या २६०५ रहेको महाशाखाका प्र्रमुख शाहीले बताए ।
होम आइसोलेसनमा बस्ने सुर्खेत जिल्लाका मात्र
कोरोनाका हाल संक्रिय बिरामीमध्ये सुर्खेतका सबैभन्दा बढी होम आइसोलेसनमा बसेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । संक्रिय संक्रमित ३०३ जनामध्ये सुर्खेतमा १०४ जना होम आइसोलेसनमा बसेका छन् ।
महाशाखाका अनुसार कोरोनाका संक्रिय संक्रमितमध्ये सुर्खेतमा १८२ जना, सल्यानमा ३९ जना, दैलेखमा १८ जना, रुकुमपश्चिममा ९ जना, जुम्ला ६ जना र जाजरकोटमा ४ जना रहेको महाशाखाले जानकारी दिएको छ ।