जुम्ला । नागग्म गमगडी सडक खण्डको स्तरोन्नतिको काम छिटो सम्पन्न माग गरिएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर प्रमुख लिला भण्डारीले नाग्म गमगडी सडक स्तरोन्नती कार्य छिटो सम्पन्न गर्न पहल भइरहेको जानकारी दिए । केही ठेकेदारले काम छाडेर गएपछि सो सडक स्तरोन्नतिमा ढिलाइ भएको उनले बताए ।
सांसद गजेन्द्रबहादुर महतले आफ्नो नेतृत्वको टोलीले सडक डिभिजन कार्यालयमा पुगी सडक स्तरोन्नतिमा कामको बारेमा गम्भीर बन्न सुझाव दिएको जानकारी दिए । कर्णाली प्रदेशसभा सदस्य पूर्णप्रसाद धितालले नाग्म गमगडी सडकमा उत्पन्न समस्या समाधान गर्ने प्रतिबद्धता कार्यालय प्रमुख भण्डारीले गरेको बताए । उनले भने, ‘अटेर गरेमा कार्वाही अगाडि बढाउने र नाग्म देखिमाथि बाँकी रहेको पाँच किलोमिटर सडकको काम तत्काल गराउने आश्वासन दिइएको छ ।’
ठेकेदार कृष्ण खड्काबाट पेटि ठेक्का लिएका यहाँका राजुसिंह र तारासिँह कठायतले काम गर्न सो सडक निर्माणको काम तत्काल शुरु गर्न लगाउने कार्यालयले जनाएको छ ।
गत बर्षको ५२ करोड बजेट मध्ये १० करोड मात्र खर्च भएको थियो । बाँकी ४२ करोड रुपैँया कामै नभएर फ्रिज भएको थियो । यस बर्ष रु २३ करोड १३ लाख रकम आवश्यक छ । कार्यालय प्रमुख भण्डारीले भने, ‘अपुग रकम उपलब्ध गराउन माग गरिएको छ । ।’ उनले सडक ग्राबिलिङ गर्न रोलर र पानी ट्याङ्कर नभई पास नहुने, मापदण्ड नपुगेका सडक पास नगर्ने र सबै सरोकारवालहरुको सहभागीतामा सडकको अनुगमन गर्ने जनाए