आठविसकोट राडीबजारका धिरेन्द्र शाहको घरमा बसिरहेको गोप्य सूचनाको आधारमा लागुऔषध अफिमसहित दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सह–प्रवक्ता (एसपी) माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, लागूऔषध ब्यूरो सुर्खेतको टोली, जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको टोलीको संयुक्त प्रयासबाट दुबै जनालाई नियन्त्रणमा लिइएको हो ।
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरीले आज पश्चिम रुकुमको आठविसकोट नगरपालिका–९, राडीबजारबाट जाजरकोट नलगाड नगरपालिका–८, का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका–९, का ६० वर्षिय कालिबहादुर सिंहलाई १२ किलो अफिमसहित पक्राउ गरेको हो ।