सुर्खेत । कालिकोट जिल्लामा तिन नगरपालिका र छ गाउँपालिका गरी नौ स्थानीय तह रहेका छन् । कालिकोटका नौ वटै स्थानीय तहका कार्यालयहरु अहिले भाडाको भवनमा बस्दै आएका छन् ।
स्थानीय तह गठन भएको चार वर्ष वित्न लाग्दासमेत स्थानीय तहले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको छ ।
अधिकांस स्थानिय तह विद्यालयका भवनमा रहेका छन भने केही साविकका गाउँ विकास समितिका जिर्ण भवनमा संचालमा छन । स्थानीय तहले कामकाज संचालन गरेको चार वर्ष पुग्न लाग्दा समेत अहिले सम्म आफनै भवन निर्माण गर्न सकिरहेका छैनन् ।
जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका पञ्चदेवल उच्च माध्यामिक विद्यालयको भवनमा काम काज संचालन गरेको छ । दुई वर्ष स्वास्थ्य चौकीको भवनमा रहेर सेवा सुरु गदै अहिले विद्यालयको भवनमा कामकाज गदै आइरहेको छ ।
यस्तै, रास्कोट नगरपालिका साविकको स्युना गाविसको भवनमा रहेर काम गरीरहेको छ भने, निजि घरमा भाडामा अन्य नगरपालिकाका शाखा राखेका छन् ।
नरहरीनाथ गाउँपालिका साविकको कुमालगाउँ गाविसको भवनमा सेवा दिरहेको छ । कर्मचारीका क्वाटरदेखि अन्य शाखाहरु निजि घर लिएर भाडामै बसेका छन् ।
शुभकालिका गाउँपालिका पनी जिर्ण साविकको गाउँविकास समितिको भवनमा वसेको छ । अन्य शाखाहरु भाडाकै घरमा बसिरहेका छन ।
यस्तै, महावै गाउँपालिका भाडाकै भरमा संचालनमा छ ।ADVERTISEMENT
तिलागुफा नगरपालिकाले गैर सरकारी संस्था आरआएरएनले बनाई दिएको पक्की भवनमा बसेको छ ।
जिल्लाको खाँडाचक्र नगरपालिका भाडाकै भरमा संचालनमा छ । खाँडाचक्रले मासिक तीस हजार घरभाडा तिरेर बसिरहेको छ ।
पचालझरना गाउँपालिका र पलाता गाउँपालिका भाडाकै भरमा संचालन भइरहेका छन ।
‘भवन मापदण्ड अनुसार सबै ठाउँमा एकै प्रकारको बनाउने भन्दै सर्कुलर भएको थियो, बजेट व्यवस्थापन कै कारण आफ्नै भवन निर्माणमा ढिलाइ हुन गयो ।’ पचालरना गाउँपालिका अध्यक्ष खड्काराज सेजुवालले भन्नुभयो ‘भवन निर्माणका लागि भन्दै गाउँपालिकालाई स्थानीयले गतवर्ष नै जग्गादान गरिसकेका छन् । चालू आर्थिक वर्षमा गाउँपालिकाले आफ्नै बजेटबाट भवन निर्माण शुरु गर्ने तयारी गरेका छौं ।’